जनकपुर– छठ पर्वका लागि जनकपुरमा पौने एक करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ।
_x000D__x000D_
पछिल्लो समय मागको ठूलो हिस्सा नेपाली उत्पादनले नै धान्ने बताइरहँदा धेरै केरा खपत हुने छठ लगायतका चाडपर्वका समयमा भने भारतकै भर पर्नुपर्ने अवस्था कायमै रहेको छ।
_x000D__x000D_
नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुनुका साथै तराई क्षेत्र केराका लागि उर्वर मानिए पनि अधिकांश किसानको प्राथमिकतामा केरा खेती नपर्दा आयात गर्नुपरेको व्यवसायीहरु बताएँछन्।
_x000D__x000D_
छठ पर्वमा केराको घरी नै अर्घका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने तर यो समय नेपालमा उत्पादन कम हुने भएकोले पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको फलफूल तथा तरकारी व्यवसायी समिति, जनकपुरका अध्यक्ष रुदल साह बताउँछन्।
_x000D__x000D_
स्थानिय स्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष साहको भनाइ छ। साहका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष छठका समयमा केरा आयातमा कमी भने आएको छ। अघिल्लो आर्थिक वर्षमा झन्डै ८० लाख रुपैयाँ भन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो भने यस वर्ष करिब ७२ लाख रुपैयाँ बराबरको मात्रै केरा आपूर्ति भएको छ। ‘यस वर्ष झन्डै १२ ट्रक केरा जनकपुरधामको लागि मगाइएको छ।’, अध्यक्ष साहले भने।
_x000D__x000D_
जनकपुरधाममा गोपाल केरा (सिंगापुरी) सप्तरी जिल्लास्थित भारदह तथा इनर्वाबाट आयात गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव रवीन्द्र साहले बताए। मलमासका कारण यस वर्षको छठ पर्व १५ दिनपछि सर्नु र सोभन्दा अगावै केरा उत्पादन हुँदा स्थानीय कृषकको खेतमा नै केरा खेर गएको उनले बताए।
_x000D__x000D_
उत्पादन भएको केरा खेतमै खेर जाँदा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष ७० प्रतिशतले केराको मूल्य बढेको सचिव साहले बताए। ‘यस वर्ष छठ पर्व ढिलो हुनु र केराको उत्पादन भने अगाडि नै हुँदा महँगो भएको हो।’, साहले भने, ‘अघिल्लो वर्ष जनकपुरमा झन्डै २५ ट्रकभन्दा बढी केरा भित्रिएकोमा यस वर्ष १२ ट्रक मात्र मगाइएको छ।’
_x000D__x000D_
१० चक्के ट्रकमा १२ सय घरी केरा अटाउँछ। यसरी प्रत्येक केराको घरी ५ सय रुपैयाँ बराबरको मूल्यमा बिक्री गरिएको छ।
_x000D__x000D_
नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिड लगायत जातका केरा उत्पादन गरिन्छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको व्यवसायीको भनाइ छ।
_x000D__x000D_
अर्कातर्फ नेपालभन्दा भारतबाट आउने केराको मूल्य सस्तो भएकोले पनि आयात नरोकिएको हो। भारतले केरा किसानका लागि सहुलियत र विभिन्न सुविधा दिने भएकाले लागत कम पर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।