काठमाडौं– नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले पार्टीले संघलाई विधान उपलब्ध नगराए पार्टीकै विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
_x000D__x000D_
उक्त समूहले सोमबार पत्रकार सम्मेलन गरी पार्टीले नै विधि र विधान उल्लंघन गरेको आरोप लगाएको छ।
_x000D__x000D_
पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले भने, ‘दुई महिनाअघि संघले पार्टीलाई बुझाएको विधान उपलब्ध नगराएर विधानविहिन बनाइएको छ।’
_x000D__x000D_
संघको नेतृत्वमा टिके प्रथा लागू गरेमा आफूहरुलाई अमान्य हुने उनको भनाइ छ। काफ्लेले भने, ‘टिके प्रथाले आम विद्यार्थी र संगठनको भलो गर्दैन।’
_x000D__x000D_
१२औं महाधिवेसन निर्वाचित कार्य समितिबाट नै हुनुपर्ने उक्त समूहको अडान रहेको छ। वर्तमान कार्यसमितिको कार्यावधि मंसिर २ मा सकिँदैछ। संघको विधान दुई महिना देखि पार्टीले उपलब्ध नगराएको जनाउँदै उनले भने, ‘विधान उपलब्ध भए दुई महिना भित्र महाधिवेसन गर्न सक्छौं।’
_x000D__x000D_
वर्तमान कार्यसमितिको कार्यावधि थपेर निर्वाचित कार्यसमितिबाट नै महाधिवेसन गराउने पक्षमा महामन्त्रीको समूह रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।