काठमाडौं– विदेशबाट दसैंकाे छेकमा स्वदेश फर्केका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव तिहारलगत्तै फेरि विदेश सयरमा निस्केका छन्।
_x000D_ _x000D_
मन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले गुनासो गरिरहँदा पनि मन्त्री भने हरेक महिनाजसो विदेश घुमिरहेकै छन्।
_x000D_ _x000D_
दसैंअघि बेलायत हुँदै जेनेभा पुगेर नेपाल फर्किएका स्वास्थ्य मन्त्री यादव यतिबेला कतार गएका छन्। मंगलबारदेखि कतारमा हुने एक कार्यक्रममा सहभागी हुन चार जना मन्त्रालयका कर्मचारीसहित उनी कतार गएका हुन्। मन्त्री यादव १५ नोभेम्बरमा मात्र नेपाल फर्किने छन्।
_x000D_ _x000D_
यादवको पछिल्लो विदेश भ्रमणको उद्देश्यबारे मन्त्रालयमा जिज्ञासा राख्दा उनका एक निजी सचिवले ‘विस’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन त्यता लागेको बताए।
_x000D_ _x000D_
मन्त्रालयका एक कर्मचारीका अनुसार सो कार्यक्रम मानसिक स्वास्थ्य, आँखा स्वास्थ्य र नर्सिङ्ग लगायतका विषयमा केन्द्रित कार्यक्रम हो।
_x000D_ _x000D_
मन्त्री यादवसँगै डा रोशन पोखरेल, डा सुरेश सुवेदी, रोशनीलक्ष्मी तुइतुइ र मेडिसिटी अस्पतालका सञ्चालक डा उपेन्द्र महतो पनि कतार गएका छन्।
_x000D_ _x000D_
गत जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादव महिनामा कम्तीमा एकपल्ट विदेश पुग्ने गरेका छन्।
_x000D_ _x000D_
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको मन्त्रालयका कर्मचारीहरुको आरोप छ। विदेशमा हुने कार्यक्रममा सकेसम्म आफैं जाने कोसिस उनले गरिरहेको कर्मचारी बताउँछन्।
_x000D_ _x000D_
_x000D_मन्त्री यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको कर्मचारीको आरोप छ।
_x000D_
_x000D_ _x000D_
यतिबेला संघदेखि स्थानीय तहसम्म स्वास्थ्यका संरचना, कर्मचारी व्यवस्थापन, स्वास्थ्यका राष्ट्रिय कार्यक्रमको विकेन्द्रीकरण, नयाँ स्वास्थ्य नीति निर्माण, भइरहेका नीति–नियम परिमार्जन लगायतका सबै काम कछुवाको गतिमा अघि बढेका छन्।
_x000D_ _x000D_
मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्यान्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएको छैन। निरन्तर बढ्दै गएको छ।
_x000D_ _x000D_
भदौ ११ र १२ गते भियतनामको हनोई सरहमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भदौ १८ गते विश्व स्वास्थ्य संठगनको एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुगे।
_x000D_ _x000D_
त्यसपछिको उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो। तर भिसा नपाएपछि सहभागी हुन सकेनन्।
_x000D_ _x000D_
अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा मन्त्री सहभागी हुनुपर्ने थियो। आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कर्मचारी मात्रै कार्यक्रममा सहभागी भएका थिए।
_x000D_ _x000D_
मन्त्री भएको करिब चार महिनाको अवधिमा यादवको अमेरिका भ्रमण रद्ध भए पनि असोज अन्तिम सातादेखि मंसिरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम तय भएकाेमा चार वटा भ्रमण सम्पन्न भइसकेका छन्।
_x000D_ _x000D_
उनले आफू सहभागी हुने आगामी कार्यक्रमसमेत तय गरिसकेका छन्। उनी आगामी मंसिर २६ र २७ गते (डिसेम्बर १२ र १३) भारतमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
_x000D_ _x000D_
संघीयता कार्यान्वयनको चरणमा छ। जसले स्थानीय तहदेखि केन्द्रसम्म असहज सिर्जना गरिरहेको छ। एक दिन पनि प्रभावित हुन नहुने स्वास्थ्यका काममा बाधा–अड्चन आइरहेका छन्।
_x000D_ _x000D_
स्वास्थ्य मन्त्रालयको कर्मचारीका तर्फबाट नेतृत्व गर्नुपर्ने सचिवमा समेत अन्योल बढेको बढ्यै छ। सचिव डा पुष्पा चौधरीलाई सरुवा गरिए पनि अदालतको अन्तरिम आदेशबाट उनी फिर्ता भएकी थिइन्। फेरि कामकारबाहीको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिइएको छ।
_x000D_ _x000D_
विदेश भ्रमणपछि उनको ध्यान कर्मचारीको सरुवामा छ। उनले मन्त्री भएर आएपछि हरेक महिना कुनै न कुनै तहका कर्मचारीको जिम्मेवारी फेरबदल भइरहेको छ। आइतबार मात्रै चार उपसचिवको जिम्मेवारी हेरफेर भएको छ।
_x000D_ _x000D_
स्थायी सरकार भएका कारण यसपल्ट स्वास्थ्य सेवा विस्तार हुने र जनशक्तिको कमीलाई मन्त्रालयले विशेष ध्यान दिने अपेक्षा गरिएको थियो। मन्त्रालयले नियम बनाए पनि राजनीतिक अस्थिरताका कारण कार्यान्वयन गर्न नसकेका थुप्रै नीतिनियम छन्। यसपल्ट बलियो सरकार भएका कारण ती नीतिनियम पनि कार्यान्वयन हुने अपेक्षा गरिएको थियो।
_x000D_ _x000D_
मन्त्री यादवले मन्त्रालयका काममा ध्यान नदिँदा स्वास्थ्य क्षेत्र सुधार हुनेमा कर्मचारीहरु नै शंका गर्न थालेका छन्।
_x000D_ _x000D_
विभिन्न देशमा हुने कार्यक्रमका आयोजकले सकेसम्म मन्त्रीकै उपस्थिति चाहन्छन्। मन्त्रीस्तरीय प्रतिबद्धता बढी प्रभावकारी हुने उनीहरुको अपेक्षा हुन्छ। त्यसैले मन्त्रीलाई पनि निम्तो दिन्छन्। तर, उक्त कार्यक्रमको महत्व भने मन्त्री आफैंले तय गर्नुपर्ने मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
_x000D_ _x000D_
_x000D_एकातिर मन्त्रालय जनशक्तिको अभाव झेलिरहेको छ भने अर्कातिर संघीय संरचनाअनुसार कर्मचारी खटाउन नसक्दा धेरै कर्मचारीको काम हाजिर गरेर घर जाने मात्रै भइरहेको छ।
_x000D_
_x000D_ _x000D_
एक कर्मचारीले भने, ‘मन्त्रीज्यू जाने सबै भ्रमण मन्त्रीस्तरीय कार्यक्रमका नै हुन्। उहाँलाई निम्तो आएका हुन् तर प्राथमिकता उहाँले तय गर्नुपर्छ। सबै कार्यक्रमममा सबै देशबाट मन्त्री आउँदैनन्।’
_x000D_ _x000D_
महिनामा २/३ पटकसम्म वैदेशिक यात्रामा जाँदा मन्त्रालयका नियमित कामसमेत प्रभावित भइरहेको उनी बताउँछन्।
_x000D_ _x000D_
एकातिर मन्त्रालय जनशक्तिको अभाव झेलिरहेको छ भने अर्कातिर संघीय संरचनाअनुसार कर्मचारी खटाउन नसक्दा धेरै कर्मचारीको काम हाजिर गरेर घर जाने मात्रै भइरहेको छ।
_x000D_ _x000D_
‘यो समयमा फाजिल कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, अर्गानोग्राम फाइनल गर्नुपर्नेजस्ता महत्वपूर्ण काम सबै बाँकी नै छन्,’ एक कर्मचारी भन्छन्, ‘यसैगरी संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य परिभाषित गरी फाइनल गर्नुपर्ने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने विषयमा स्पष्ट खाका तयार गर्नुपर्ने छ। तर, यतातिर मन्त्रीज्यूको ध्यान गएको छैन।’
_x000D_ _x000D_
संघीयतामा स्वास्थ्य संरचना परिवर्तन भई बनेका नयाँ संरचनामा व्यवस्थापन गरिएका कर्मचारीले तलब नपाएको गुनासो गरिरहेका छन्। दरबन्दीअनुसार चिकित्सक पठाइदिन हरेक दिनजसो मन्त्रालयमा निवेदन पर्ने गरेको छ।
_x000D_ _x000D_
यसैगरी मन्त्रालय अन्तर्गतका ठूला स्वास्थ्य संस्थाहरु समेत नेतृत्वविहीन रहेकाले तिनलाई समेत व्यवस्थित गर्नुपर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयमै पुगेको छ। तर, मन्त्री यादवलाई भने यी विषयमा खास चासो नरहेको बुझिएको छ।
_x000D_ _x000D_
स्वास्थ्य सेवाका कर्मचारीहरु यस्ता विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने गरेका छन्। तर, उनी समस्या समाधानमा अघि सर्नुको सट्टा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेट्न भन्दै पन्छाउँछन्।
_x000D_ _x000D_
जनताका पहुँचमा रहेका स्वास्थ्य संस्था भनेका स्वास्थ्य चौकीहरु हुन्। त्यहाँ एचए र सिअहेबबीच कसले नेतृत्व गर्ने भन्ने विवाद छ। यसका लागि आफ्नो कुरा राख्न गएका एचएहरुलाई आफूले कुरा नबुझेको भन्दै राज्यमन्त्रीलाई भेट्न निर्देशन दिएका थिए। तर, राज्यमन्त्रीको स्तरबाट समस्या समाधान भएन। फेरि उनीहरु मन्त्रीलाई ध्यानाकर्षण गराउन जाँदा उनले भेट्नै नमानेको गुनासो एचएहरुको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।