काठमाडौं– लामो प्रयासपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ। कार्तिक २० गते निकै तामझामका साथ अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेको अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको ६ दिन बितिसक्दा पनि पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन।
_x000D__x000D_
तिहार अघि गएको मंगलबार एकदिन मात्र सञ्चालनमा आएको अनलाइन प्रणलीले पहिलो दिन देखिनै पूर्णरुपमा काम गर्न सकेको थिएन। तिहारपछिको दुई दिनको कारोबारमा पनि यसले प्रभावकारी काम गर्न नसक्दा कारोबार रकममा गिरावट आएको छ भने लगानीकर्तामा नैरस्यता छाएको छ।
_x000D__x000D_
नेपाल ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले अनलाइन प्रणाली परिपक्क नहुँदै सञ्चालनमा ल्याउँदा समस्या थपिएको बताए। भने, ‘हिजोभन्दा आज केही समस्याको समाधान भए पनि सहज रुपमा सञ्चालन गर्न गाह्रो भएको छ। यसको मुख्य कारण भने अनलाइन प्रणालीको अपरिपक्कता हो।’
_x000D__x000D_
उनले कारोबारका क्रममा ‘फ्लोर सिट’ नदेखिँदा समस्या आएको बताए। ‘आज लगानीकर्ताको अडर क्रेट गर्न गाह्रो भएको छ भने लगानीकर्ताले वेभ साइटमा मार्केट डेप्थ हेर्न पाएका छैनन्। जसले गर्दा सेयर कारोबारमा सुस्तता देखिएको छ।’, रानाभाटले भने।
_x000D__x000D_
पछिल्लो समय सेयर बजार निरन्तर खस्किँदै आएको छ। सेयरको पूर्णस्वचालित प्रणाली लागू भएपश्चात् कारोबारमा वृद्धि हुने र बजारले सुधारको गति लिने अपेक्षा लिएका लगानीकर्ता अनलाइन प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा चिन्तित बनेका छन्।
_x000D__x000D_
लगानीकर्ताहरुको छाता संगठन नेपाल इन्भेस्टर्स फोरमले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चालनमा आएको ५ दिन बितिसक्दा पनि अनलाइन प्रणालीले लगानीकर्ताको भावनालाई सम्बोधन गर्न नसकेको प्रति असन्तुष्टि जनाएको छ। उसले प्रविधिक त्रुटिको सम्बोधन गरी लगानीकर्तालाई सुचित गर्न आग्रह गरेको छ।
_x000D__x000D_
अर्थमन्त्री डा युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको उद्घाटन गर्दै गत मंगलबार नेपाल सरकारले लिएको इ–गभर्नेन्सको लक्ष्यलाई पनि यो प्रणालीले सहयोग गर्ने बताएका थिए।
_x000D__x000D_
समस्याको निराकरण भइसक्यो : नेप्से
_x000D__x000D_
यता नेप्सेले भने अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले नयाँ प्रणाली स्थापनापछि लगानीकर्ताले सामना गरेको मुख्य समस्या कारोबारको विवरण ‘रियल टाइम’मा हेर्न नपाउने समस्या समधान भइसकेको जनाएको छ।
_x000D__x000D_
नेप्सेले कारोबार प्रणाली र वेबसाइट छुट्टाछुट्टै डाटा सेन्टरमा सञ्चालन भएको जनाएको छ। साथै नेप्से कारोबारमा भएको विवरण ‘एप्लिकेसन प्रोग्राम इन्टरफेस’ मार्फत नेप्से वेबसाइटमा ‘डिस्प्ले’ गर्दा ‘डाटा एक्सचेन्ज’मा केही समस्या भएको हुँदा कारोबार विवरण पठाउन समस्या भएको र उक्त समस्याको पनि समाधान भइसकेको नेप्सेले जनाएको छ।
_x000D__x000D_
स्टकले गत १ साउनदेखि नै परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणाली गएको मंगलबारदेखि सुरु गरेको थियो। त्यसमा विद्यमान सम्पूर्ण धितोपत्र व्यवसायी आबद्ध थिए। उनीहरुले आवश्यक भौतिक तयारीसमेत गरिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।