प्याराडाइज(अमेरिका)– अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
_x000D__x000D_
उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ। राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन्।
_x000D__x000D_
थप ६ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २९ पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताए। यसअघि २३ व्यक्तिको मृत्यु भएको बताइएको थियो। खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
_x000D__x000D_
डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकास ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ। सडकमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा समेत क्षति पुगेको छ।
_x000D__x000D_
_x000D__x000D_
डढेलो प्रभावित क्षेत्रका हजारौं व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ। बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो।
_x000D__x000D_
डढेलोका कारण अस्पताल, ग्यास स्टेसन, रेष्टुरेन्टलगायत गरी ६ हजार ७ सय भन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।
_x000D__x000D_
डढेलो लागेको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा डढेलोले ठूलो रुप लिएको हो।
_x000D__x000D_
उद्धारका लागि केही व्यक्तिलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।