जनकपुरधाम- तराईवासी हिन्दूहरूको महान् पर्व छठको दोश्रो दिन आज खरना मनाइँदैछ। आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाइएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना गर्न चलन छ।
_x000D__x000D_
श्रद्धा, भक्ति र तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ आइतबारदेखि सुरु भएको हो।
_x000D__x000D_
सत्य र अहिंसाप्रति मानवजातिको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्ने पर्वका रुपमा लिइने छठमा समग्र तराइबासीलाई जोड्ने पर्व पनि हो। तराईका सबै जातजातिले साझा रुपमा मनाउनु यसको विशेषता हो।
_x000D__x000D_
कार्तिक शुक्ल षष्ठीका दिन साँझमा अस्ताउदो र भोलिपल्ट सप्तमीका दिन बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। यस पर्वमा चाहिने भाडाकुँडा र आवश्यक सामग्रीको प्रबन्ध चाँहि एक महिना पहिलेदेखि गर्न सुरु गर्ने परम्परा पनि छ।
_x000D__x000D_
चार दिनसम्म मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान समापन हुन्छ। चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा 'नहा खाय' भनिन्छ। पहिलो दिन व्रतालुहरु खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्। भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्ता वस्तु खान नहुने मान्यता रहेको छ। पहिलो दिनलाई व्रतालुहरूको 'आँखा' पनि भन्ने गरिन्छ।
_x000D__x000D_
_x000D__x000D_
पञ्चमी अर्थात् दोश्रो दिनलाई ‘खरना’ भनिन्छ। यसको अर्थ 'संरक्षण' अर्थात् 'पापको क्षय' भन्ने हुन्छ। खरना सूर्यलाई अर्घ्य दिने दिनको अघिल्लो दिन भएकाले व्रतालुहरु दिनभरि निर्जल पानी पनि नखाइकन व्रत बस्छन्। साँझपख नुहाएर चोखो भई आफ्नो कूल देवता स्थापना गरेको पूजाकोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने र चढाउने गर्छन्।
_x000D__x000D_
विशेषगरी पाकेको केरा र खीर प्रसादका रुपमा अनिवार्यजस्तै मानिन्छ। घरमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि शोधन गरेर व्रत बस्नेले चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सोही खीर प्रसादका रुपमा ग्रहण गर्छन्।
_x000D__x000D_
_x000D_महाभारतको कथा अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोक परम्परा रहेको छ।
_x000D_
_x000D__x000D_
तेश्रो दिन अर्थात् षष्ठीको दिन छठको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ। गहुँ वा चामल ओखल, जातो वा ढिकीमा कुटानी–पिसानी बनाइएको पिठोबाट विभिन्न परिकार बनाएर छठ पूजाका लागि प्रसाद तयार गरिन्छ। सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ। जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ। भजन गाउँदै प्रसाद तयार गरिरहेको दृश्यले वरपरको वातावरणमा नै छुट्टै उल्लास थप्छ।
_x000D__x000D_
केरवा जे फरल घउरस वो पर सुगा मडराय।
_x000D_मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय।।
_x000D__x000D_
अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो।
_x000D__x000D_
सोही दिन अन्न बाहेक फलफूल, ठकुवा, भुसवा, खजुरी, पेरुकिया, मुला, गाजर, बेसार, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढकन, माटोबाट बनाइएको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्ययले भक्तिगीत र लोकगीत गाउँदै जलाशयसम्म पुग्ने गर्छन्। सो जलाशयलाई छठ घाट भनिन्छ। व्रतालु महिलाहरूले श्रद्धापूर्वक गाउनु पनि छठको अभिन्न अंगका रुपमा लिने गरिन्छ।
_x000D__x000D_
_x000D__x000D_
हातवा मे फूलवा के डलिया, छठ पूजन जाय।
_x000D_छठी मैया होइव सहाय, छठ पूजन जाय।।
_x000D__x000D_
अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौं। छठी माता हामीमाथि विशेष कृपा राख्नु होला।
_x000D__x000D_
निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँच पटक साष्टाङ्ग दण्डवत् गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।
_x000D__x000D_
त्यसपछि व्रतीले सन्ध्याकालीन अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिन जलाशयमा प्रवेश गर्छन्। सूर्य अस्ताउनु भन्दा केही समय पहिले नै पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्, गीत र भजन गाउँछन्। व्रतातुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूर लगाएर अक्षता/फूल राखी अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी (अस्ताउँदै गरेको) सूर्यलाई अर्पण गरेर जलाशयबाट बाहिर निस्कन्छन्। गीत र भजन छुट्ने कुरा हुँदैन। पूजा र ब्रत मात्र नभएर गायन पनि छठको अभिन्न अंगका रुपमा देखिँदै आएको छ।
_x000D__x000D_
चौथो दिन वा सप्तमी छठको अन्तिम दिन हो। व्रत लिनेहरू बिहानै उषाकालमा पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ दिईसकेपछि यो पर्व समापन हुन्छ।
_x000D__x000D_
अर्घ्य गरिसकेपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ। प्रातःकालीन अर्घ्यमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति जो कोहीले पनि महसुस गर्छन्।
_x000D__x000D_
महाभारतको कथा अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोक परम्परा रहेको छ।
_x000D__x000D_
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसुयाले छठको व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको अर्को आख्यान पनि उतिकै बलियो मानिँदै आएको छ।
_x000D__x000D_
_x000D_तराइबासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पछिल्लो समय विस्तारित हुँदै आएको छ। पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने छठ मनाउन थालेका छन्।
_x000D_
_x000D__x000D_
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्ति बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन।
_x000D__x000D_
आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडितले सूर्यको आराधना गरे रोगबाट मुक्ति मिल्ने कुरा साम्ब पुराणमा उल्लेख छ। यसका साथै जुनसुकै छालाजन्य रोग भए पनि छठको पूजा र ब्रत गरे निको हुने जनविश्वास रहेको छ। यसका साथै, छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने विश्वास गरिँदै आएको छ।
_x000D__x000D_
_x000D__x000D_
झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देव प्रशन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ। आर्थिक अभाव भएका मानिसले भिक्षा मागेरै भएपनि छठ मनाउने मानिस पनि प्रशस्तै भेटिन्छन्।
_x000D__x000D_
तराइबासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पछिल्लो समय विस्तारित हुँदै आएको छ। पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने छठ मनाउन थालेका छन्। सबै जात-जाती, ठूला-साना, धनी-गरिब सबै वर्गका मानिस एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु यसको मौलिक विशेषता पनि हो।
_x000D__x000D_
सूचना प्रविधि र विश्वव्यपीकरण बढ्दै गएकाले छठले पनि विश्वव्यापीकरणको स्वरुप लिन थालेको छ। अमेरिकाको न्यूयोर्कमा पनि यस वर्षदेखि छठ मनाउने तयारी गरिएको छ। आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र छठलगायत मधेशी संस्कृति विश्वसामु चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्कले छठ पर्व मनाउने तयारी गरेको हो।
_x000D__x000D_
'न्यूयोर्कस्थित हिन्दू मन्दिरमा बोस्टन, कनेटिकट र रेड़े आइलेन्डका मधेशीलगायत छठ पर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको उपस्थितिमा छठ पर्व मनाइने तयारी गरिएको छ,' छठ पर्व तयारी समितिका संजोयक प्रशान्त(प्रिन्स) साहले जानकारी दिए।
_x000D__x000D_
छठका लागि मिथिलाका साथै तराइमा पर्ने पोखरी, तलाउ, नदी, ईनारलगायतका पानी श्रोत झकिझकाउ बनाउने काम भईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।