काठमाडौं– श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ देवीस्थान घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० माउन्ट कैलाशडाँडा कपन बस्ने ४० वर्षीय सुवास राई पक्राउ परेका छन्।
_x000D__x000D_
आफ्नै डेरामा ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवादमा सुवासले चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भई उपचारको लागि हेल्पिङ हेन्ड अस्पताल चाबहिल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।
_x000D__x000D_
गएराति पक्राउ परेका राईमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।