जनकपुर- मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म यो चाड मनाइन्छ। एघारौं दिन पूर्णिमाको रात यो पर्वको समापन हुनेछ ।
_x000D__x000D_
१० दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन्।
_x000D__x000D_
आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् भने सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन्।
_x000D__x000D_
सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाउनेछन्। रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामा चकेवा खेल्नेछन्।
_x000D__x000D_
समूहगत रुपमा चेलिबेटी तथा छोरीबुहारीहरुले यसरी गीत गाउने गर्दछन्-
_x000D__x000D_
गामके अधिकारी तोहे बरका भैया हो
_x000D_भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय
_x000D_सामचको सामचको ऐहा हो
_x000D_ऐहा हो
_x000D_गुँढ खेतमे भसिया हो
_x000D__x000D_
एघारौं दिनमा बिहानै सामा चकेवालाई पुनः रङ्गरोगन गर्ने र दिनभरि सुकाएर बेलुका दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने चलन छ। दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन्।
_x000D__x000D_
धेरैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन्। सोही अनुरुप टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन्।
_x000D__x000D_
मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।