काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना पुग्न लाग्दासमेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।
_x000D_ _x000D_
साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला भोलिपल्ट ११ गते नजिकैको उखुबारीको पानीमा मृत भेटिएकी थिइन्। लामो समयसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै आइतबारदेखि निर्मलाका बाआमा जिल्ला प्रशासन कार्यालय अगाडि पाल टाँगेर धर्ना बसेका छन्। हत्यारा पत्ता नलागेसम्म धर्ना बस्ने उनीहरुले बताएका छन्।
_x000D_ _x000D_
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धानमा खटिएको प्रहरी टोलीले भने अहिलेसम्म नयाँ तथ्य फेला पार्न सकेको छैन। पन्तको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीबाट समेत टोली खटिएको छ। सिआइबीले अहिलेसम्मको घटनाको कुनै लिंक नै फेला पार्न नसकेको जनाएको छ।
_x000D_ _x000D_
सिआइबीका डिआइजी निरज शाहीले विभिन्न सेक्टरमा अनुसन्धान गर्ने काम भए पनि कुनै नयाँ तथ्य फेला पार्न नसकिएको बताए। नेपाललाइभसँग कुरा गर्दै उनले भने, ‘एउटा लिंक पत्ता लगाउन सके उत्तर आइहाल्थ्यो। लिंक भेट्टाउन सकिएको छैन। अनुसन्धान एकदमै जटिल छ। शंका गर्ने ठाउँ धेरै छ, पुष्टि गर्ने अाधार छैन।’
_x000D_ _x000D_
अनुसन्धान प्रगति शून्य, हचुवामै डिएनए
_x000D_ _x000D_
बालिका पन्तको बलात्कारपछि हत्यामा गम्भीर लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई हटाएर उनको ठाउँमा एसपी कुवेर कडायतलाई पठाइएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहमन्त्रालय सेवाबाट समेत हटाएको छ।
_x000D_ _x000D_
विष्टको ठाउँमा जिम्मेवारी सम्हाल्न पुगेका एसपी कडायतको टोलीले अहिले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा कुनै प्रगति नभएको एसपी कडायतले बताएका छन्। अनुमानकै भरमा चार जनाको डिएनए परीक्षण गर्नुबाहेक कडायतको टोलीले पनि नयाँ क्लु फेला पार्न सकेको छैन।
_x000D_ _x000D_
अनुमानकै भरमा डिएनए परीक्षण गरेकाले प्रहरीले परीक्षण गरिएकाको नाम समेत गोप्य राखेको छ। चार जनाको डिएनए रिपोर्ट आएपछि अन्य व्यक्तिको पनि डिएनए चेक गर्ने एसपी कडायतले बताए।
_x000D_ _x000D_
प्रहरीले डिएनए चेक केही शंका र हचुवाकै भरमा लिँदै आएको प्रहरीकै कुराबाट प्रष्ट भएको छ। अनुसन्धान प्रगति शून्य र लिंक नै पत्ता लाग्न नसकेको भनिरहेको बेला प्रहरीले अन्धाधुन्ध डिएनए परीक्षण गर्दै आएको प्रष्ट हुन्छ।
_x000D_ _x000D_
यसअघि नागरिकको दबाबकै भरमा एसपी डिल्लीराज विष्ट, छोरा किरण विष्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरिएको थियो। त्यो भन्दाअघि दिलिपसिंह विष्ट, चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिसकेको थियो।
_x000D_ _x000D_
सोधपुछ र बयान लिनेबाहेक अन्य कुनै काम अनुसन्धानमा खटिएको प्रहरी टोलीले गर्न सकेको छैन। अनुसन्धानमा बालबालिका तथा महिला निर्देशनालयकी एसपी दुर्गा सिंह पनि खटिएकी छिन्। सिंहको टोलीले केही नयाँ कुरा बाहिर ल्याउन सकेको छैन।
_x000D_ _x000D_
पोलिग्राफदेखि बैंक एकाउन्टसम्म चेक
_x000D_ _x000D_
अनुसन्धानमा खटिएका प्रहरी टोलीबाट नै गम्भीर लापरबाही भएको भन्दै प्रहरी प्रधान कार्यालयले गत भदौ ३१ गते एआइजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो। समितिमा डिआइजी निरज शाही, एसएसपी उत्तम सुवेदी, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीलगायत ९ जना छन्।
_x000D_ _x000D_
टोलीले अनुसन्धानमा सिआइबीबाट खटिएको टोली, घटनास्थलमा गएको टोली, एसपी विष्टलगायत २० जना प्रहरीमाथि अनुसन्धान गरिरहेको छ। एआइजी बस्न्यातको टोलीले घटनामा प्रत्यक्ष÷अप्रत्यक्ष संलग्न प्रहरी अधिकारीको पोलिग्राफ परीक्षणदेखि बैंक एकाउन्टसम्म चेक गरिसकेको छ।
_x000D_ _x000D_
घटना गुपचुप पार्न आर्थिक चलखेल भएको छ कि भनेर बस्न्यातको टोलीले प्रहरी अधिकारी र उनीहरुका आफन्तहरुको बैंक एकाउन्ट चेक गर्दा समेत कुनै क्लु फेला पार्न नसकेको स्रोतले नेपाललाइभलाई जानकारी दियो।
_x000D_ _x000D_
त्यसैगरी झुटो बोलेको पत्ता लगाउन पोलिग्राफ चेक गर्दा समेत कुनै तथ्य फेला पार्न सकेको छैन। शंकास्पद प्रहरी अधिकारीको मोबाइल चेक, कल डिटेललगायत सबै कुराहरु चेक गर्दा पनि घटनाले कुनै नयाँ कुरा पत्ता लगाउन नसकेको स्रोतले जानकारी दियो।
_x000D_ _x000D_
त्यस्तै घटनास्थल कञ्चनपुर नै पुगेर फर्किएको एआइजी बस्न्यातको टोलीले घटना लुकाउन कुन प्रहरीले कस्तो भूमिका खेले भन्नेबारे नयाँ तथ्य फेला पार्न नसकेपछि फाइल बुझाउने तयारीमा रहेको स्रोतले जानकारी दियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।