काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा सुरु भएको छ।
_x000D__x000D_
बैठकमा पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, डा शेखर कोइराला र सुजाता कोइराला सहभागी छन्।
_x000D__x000D_
पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गरिएको प्रक्रियाप्रति पौडेल समूह असन्तुष्ट छ। साथै, नेविसंघको उमेर हद केन्द्रीय कार्यसमितिबाट बहुमतबाट पारित भएपछि उक्त समूहले असन्तुष्टि जनाउँदै आएको छ।
_x000D__x000D_
महासमिति बैठक हठात् सारिएको भन्दै सभापति शेरबहादुर देउवाको पौडेलले आलोचना गरेका छन्। महासमिति बैठक,उपसभापतिमा गच्छदारको मनोनित प्रक्रिया, विधान र नेविसंघको विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।