गाईघाट, उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन्। मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काकी १३ वर्षीया छोरी एल्जिना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
_x000D__x000D_
शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन्।
_x000D__x000D_
उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए। मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कारपछि छोरीको हत्या गरेको दाबी गरेका छन्।गोठालो गएकी एल्जिना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।