गाईघाट- वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन्।
_x000D__x000D_
उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको हो।
_x000D__x000D_
स१त ५८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार भइरहेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए।
_x000D__x000D_
बिहान कोसी टप्पुमा वनभोज गएकाहरु ट्याक्टरमा साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा दुर्घटनामा परेका स्थानीयवासी राजकुमार भुजेलले बताए।
_x000D__x000D_
दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।