विराटनगर– मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चोकबाट प्रहरीले ठूलो रकमसहित ५ जना उद्योगपति जुवाडेलाई आज बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारीअनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन्।
_x000D__x000D_
यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैन रहेका छन्। उक्त जुवाको खालबाट प्रहरीले १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास बरामद गरेको छ।
_x000D__x000D_
पक्राउ परेका सबै ५ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।