_x000D__x000D_
मासु प्रोटिनको राम्रो स्रोत हो। १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ। मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ। मासु आइरनको पनि राम्रो स्रोत हो। मासुमा भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ। मासुलाई आवश्यकताको पहिचान गरी मिलाएर खान जान्यो भने धेरै फाइदा हुन्छ। तर, आवश्यकभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पार्छ।
_x000D__x000D_
त्यसकारण उमेरअनुसार, स्वास्थ्य अवस्था र आफ्नो आवश्यकताको पहिचान गरी मात्रा मिलाएर मासु खान आवश्यक छ। जथाभावी मासु खाँदा वृद्ध र बिरामीलाई बढी स्वास्थ्य समस्या देखिने गर्छ। वृद्ध र बिरामीलाई बढी स्वास्थ्य समस्या देखिने भएकाले रातो मासु खाँदा चिल्लोरहित मासु खानु पर्दछ। रातो मासु त कम खाँदा नै राम्रो हुन्छ। यसका साथै मुटुका बिरामी, युरिक एसिडका बिरामीले यस्तो मासु खाँदा सन्तुलन मिलाएर खानुपर्छ।
_x000D__x000D_
वयस्कहरुले आफूलाई चाहिने प्रोटिनको आवश्यकतालाई ध्यानमा राखेर चिल्लो र छालारहित मासु सेवन हप्तामा एकदिन गर्न सकिन्छ। एउटा स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ। त्यहीअनुसार उनीहरुले आफूले शरीरिक क्रियाकलाप कति गरेको छ, त्यो कुरा ध्यानमा राखेर मासु खाने गर्नु पर्दछ। एउटा वयस्क व्यक्तिलाई हप्तामा एक दिन मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ।
_x000D__x000D_
सहरमा बस्ने मानिसको शारीरिक कसरत नहुने हुदाँ मासु पचाउन गाह्रो हुन्छ र मोटोपन बढ्न गई शरीरमा विभिन्न प्रकारका समस्या उत्पन्न हुन्छन्। त्यसैले मासुका साथमा विभिन्न रेसादार खानेकुरा, हरियो सागपात, फलफूल मिलाएर खाने गर्नुपर्छ।
_x000D__x000D_
बढ्ने उमेरका बच्चालाई प्रोटिन र आइरनको आवश्यक पर्दछ। बच्चालाई दैनिक २५ देखि ३० ग्राम प्रोटिन आवश्यक हुन्छ। मासुले उनीहरुलाई बृत्तिविकासमा सहयोग गर्छ। त्यसैले बच्चालाई पचाउन सक्नेगरी मासु खुवाउन सकिन्छ। एकै पटक धेरै मासु दिनेभन्दा पनि थोरैथोरै गरेर समय मिलाएर बच्चालाई मासु खुवाउन सकिन्छ।
_x000D__x000D_
१८ वर्षसम्मका बालबालिकाले रातो मासु खान मिल्छ। त्योभन्दा बढी उमेर समूहले भने आफ्नो शरीर, दैनिक क्रियाकलाप, स्वास्थ्य अवस्था हेरेर मात्र थोरै मात्रामा रातो मासु खान सक्छन्। खसी, राँगाको मासु रातो मासुअन्तर्गत पर्छ भने कुखुरा, माछा सेतो मासुअन्तर्गत पर्छन्।
_x000D__x000D_
मासुमा आइरन हुने भएकाले सुत्केरी र गर्भवती महिलाहरुलाई शरीरमा रगतको पूर्ति गर्न मद्दत गर्छ। यस्तो अवस्थामा पनि हामीले आवश्यक मात्रामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्न सक्छौँ। सुत्केरी, गर्भाअवस्थामा दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ।
_x000D__x000D_
मासु धेरै खाँदा तत्कालै कब्जियतलगायतका पेटका समस्या समेत देखिन्छ। त्यसकारण मासु खाँदा सचेत हुनु आवश्यक छ। उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ।
_x000D__x000D_
स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्याउनु पर्दछ। मासुसँग अन्य भिटामिन सीयुक्त खानेकुरा जस्तै फलफूल, सागसब्जीसँग मिसाएर खाँदा मासुबाट आउने फलामतत्व र पोषणलाई सोस्न मद्दत गर्छ।
_x000D__x000D_
बाहिराबाट प्याक भएर आउने मासु खाँदा स्वास्थ्यका लागि राम्रो मान्न सकिँदैन। स्वस्थ जीवनशैलीका निमित्त ताजा र सुरक्षित मासु खानु उपयुक्त हुन्छ। अत्यधिक मासु खानुभन्दा भोजनमा मिसाएर सागसब्जी, गेडागुडी र फलफूल खाँदा उपयुक्त हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।