ad

अभिनेत्री सुचित्राले उडाइन् 'ठग्स अफ हिन्दाेस्तान' काे मजाक

नेपाल लाइभ

Nepal Live

नयाँ दिल्ली– दिवालीको अवसरमा रिलिज भएको आमिर खान र अमिता बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को धेरैलाई अपेक्ष थियो।

तर, यस फिल्मले सबै अपेक्षालाई वास्तविक जवाफ दिन सकेन। फिल्मको रिलिज हुने दिने सामाजिक सञ्जालमा मजाकको विषय हुन सुरु भयो।

जुन अहिलेसम्म जारी छ।  एक बलिउड अभिनेत्रीले पनि फिल्मको मजाक उडाइन्। उनी हुन् फिल्ममेकर शेखर कपूरको पूर्व पत्नी सुचित्रा कृष्णमूर्ति। 

थिएटरमा एक्लै देखिन् फिल्म
वास्तवमा सुचित्रा कृष्णमूर्ति आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हेर्नका लागि सिनेमाघर गइन्। जहाँ उनी एक्लै थिइन्।

उनले फिल्मामाथि कमेन्ट गर्दै  लेखिन्, ‘म ‘ठग्स अफ हिन्दोस्तान’ हेरिरहेको छु।

यहाँ म मात्र छु। मलाई धेरै डर पनि लागिरहेको छ। मैले आजसम्म एक्लै फिल्म देखेको छैन।’

यो उनको पहिलो ट्वीट हो।

उनले यसभन्दा अघि आफ्नो अकाउन्टबाट यस्तो ट्वीट  कहिल्यै गरेकी थिइनन्। 

तर, फिल्म आशा गरेअनुरुप दर्शकले नपाए पनि  फिल्मले रेकर्ड भने  निकै राम्राे बनाएकाे छ। ( लाइभ हिन्दु्तानबाट)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने