काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) बीचको एकीकरण प्रक्रिया तत्काल निष्कर्षमा नपुग्ने देखिएको छ। दीपक बोहराले आफू पार्टीको सहअध्यक्ष हुन प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) बिना नै एकता गर्ने गरी चलखेल सुरु गरेपछि तत्कालका लागि एकीकरण नहुने भएको राप्रपा स्रोतले बताएको छ।
_x000D__x000D_
केही समय पहिले देखि नै पूर्व पञ्चहरुको पार्टी एकताका लागि प्रयास हुँदै आएको थियो। यसका लागि ती दलका शीर्ष नेताहरुबीच पटक पटक छलफल समेत भएको थियो।
_x000D__x000D_
देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिई समान विचारधारा भएका दलहरूका बीचमा एकता गर्न राप्रपाले पहल सुरु गरेको थियो।
_x000D__x000D_
एकीकरणका विषयमा लगभग धेरै विषय टुंगो लागिसकेकको भए पनि केही नेताहरुको आपसी स्वार्थका कारण एकीकरण प्रकृया धकेलिएको ती नेताले जानकारी दिए। प्राप्त उपलब्धिको संरक्षण गर्ने संविधानको सम्मान गर्दै राजतन्त्रलाई कुनै न कुनै भूमिका दिने लगायतका विषयमा तीनै दलबीच सैद्धान्तिक सहमति भइसकेको र बाँकी विषयमा चाँडै निष्कर्षमा पुग्ने विश्वास राप्रपा स्रोतको रहेको छ।
_x000D__x000D_
एकता प्रकृयाका लागि नेताहरुको जिम्मेवारीका विषयमा पनि लगभग समहति भएको बताइएको छ। तीनै जना अध्यक्षको एक अध्यक्ष मण्डल बन्ने र सो मण्डलको अध्यक्ष चाँहि पशुपति शमसेर रहने गरी सहमति भइसेको बताइएको छ।
_x000D__x000D_
एकताका लागि किन अघि सरे कमल थापा?
_x000D_करीब १५ वर्षदेखि पार्टीको सवोच्च पदमा रहेका नेता कमल थापा पार्टी एकताका लागि सर्वोच्च पदका लागि दौडानमा छैनन्। आफू एक स्टेप पछि हटेर भए पनि पार्टी एकतामा अध्यक्ष थापा लागि परेको राप्रपा स्रोतको भनाइ छ।
_x000D__x000D_
लामो समय देखि पार्टीमा सहकार्य गर्दै आएका नेताहरु बुद्धिमान तामाङ, धवल समशेर जबरालगायतका नेता आफ्नो पक्षमा नभएकाले पार्टी एकता गर्ने कसरमा अध्यक्ष थापा रहेका छन्। उनी राप्रपा अध्यक्ष मण्डलको सदस्य भएर भएपनि पार्टी एकता गर्ने पक्षमा रहेको बताइएको छ।
_x000D__x000D_
यसैगरी पशुपति शमसेर पनि एउटै पार्टी भिन्न भिन्न टुक्रामा विभाजित भएपछि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर पनि चिन्तित छन्। भने लोहनी पनि एकता प्रकृयामा सामेल हुन सहमत भइसकेका थिए।
_x000D__x000D_
बोहोराले किन गरे चलखेल?
_x000D_राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा प्रजातान्त्रिकबीच एकता गराउने तर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) लाई एकतामा सामेल गराउन दीपक बोहराले चाहेका छैनन्। उनी दुई पार्टीबीचमात्र एकता हुँदा एकीकरण पछि बन्ने पार्टीमा सहअध्यक्ष बन्नका लागि लोहनीलाई बाहिरै राखेर एकतामा जानुपर्ने पक्षमा उभिएका छन्।
_x000D__x000D_
राष्ट्रवादीका लोहनीसँग प्रतिस्पर्धा गर्न नसक्ने देखेपछि बोहोराले उनलाई समावेश गराउन नचाहेको राप्रपा स्रोतको दाबी छ। अध्यक्ष तथा सरकारका जिम्मेवारी समेत सम्हालिसकेका आफूभन्दा सिनियर बन्ने भएकाले उनले एकतामा समावेश गराउन नचाहेको बताइएको छ।
_x000D__x000D_
लोहनी बाहिर राख्नकै लागि बोहराले उच्चस्तरीय निर्देशन समितिमा हरिबहादुर बस्नेत, नवराज सुुवेदी, बलराम घर्ती, केशर विष्ट, बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुव प्रधानलाई उच्चस्तरीय निर्देशन समितिभन्दा बाहिर राख्नुपर्ने बोहोराको अडानका कारण लोहनीसँग तत्कालका लागि एकताको संभावना टरेको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।