एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ गत बिहिबार अर्थात् ८ नोभेम्बरबाट प्रदर्शनीमा छ। रिलिजका दिन ठूलो परिमाणको व्यापार गरेकाे भएपनि दोस्रो दिन व्यापारमा कमी अाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पहिलो दिन ५२ करोडको व्यापार गर्न सफल फिल्मले दोस्रो दिन भने २८ करोडमै चित्त बुझाउनु परेको उल्लेख गरिएको छ।
_x000D__x000D_
फिल्मका सम्बन्धमा भएका नकारात्मक प्रतिक्रिया र दर्शकका धारणा समेत भएको फिल्म विश्लेषकहरुले बताएका छन्। यति हुँदाहुँदै पनि फिल्मले भारतीय बक्स अफिसमा भने चार वटा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
_x000D__x000D_
रेकर्ड १ः भारतीय बक्सअफिस इतिहासमा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सार्वजनिक हुन पूर्व नै २ लाख बढी टिकट एड्भान्समा बिक्रि भएको थियो। जुन हालसम्मकै सर्वाधिक बढी हो।
_x000D__x000D_
रेकर्ड २ः फिल्मले आफ्नो डिजिटल प्रतिलिपि अधिकार मात्र १ सय ५० करोड भारतीय रुपैयाँमा बिक्री गरेको छ। यो भारतीय फिल्म उद्योगमा सर्वाधिक महंगो प्रतिलिपि अधिकार खरिदबिक्रीको काराेबार हो। यसअघि सलमान अभिनित फिल्म ‘रेस-३’ एक सय ३० करोड तथा बहुबालीको हिन्दी भर्सन ५१ करोड भारुमा बिक्री भएको थियो।
_x000D__x000D_
रेकर्ड ३ः भारतीय बक्स अफिस इतिहासमा सार्वधिक बढी हल र स्क्रिनमा प्रर्दशनी गर्ने अवसर पनि यही फिल्मलाई मिलेको छ। पहिलो दिनमै ७ हजार स्क्रिनमा यो फिल्म प्रर्दशन भएको बताइएको छ। यसअघि बाहुबली ६ हजार ५ सय स्क्रिनमा र रणवीर कपुरकाे ‘सञ्जु’ ५ हजार ३ सय स्क्रिनमा प्रदर्शन गरिएको थियो।
_x000D__x000D_
रेकर्ड ४ः ‘ठग्स अफ हिन्दुस्तान’को निर्माण ३ सय करोड भारतीय रुपैयाँमा भएको निर्माण युनिटले दाबी गरेको छ। बलिउड इन्डस्ट्रीमा लगानी अाधारमा हेर्दा यो नै सबैभन्दा बढी लगानी भएको फिल्म हो।
_x000D__x000D_
यसअघि पद्यावत २ सय १५ करोड र बाहुबली २ सय ५० करोड भारतीय रुपैयाँमा निमार्ण भएका थिए। तर ‘ठग्स अफ हिन्दुस्तान’पछि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जिरो प्वाइन्ट टु’को निर्माण बजेट भने ५ सय करोड रहेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।