नयाँ दिल्ली- सानो र लामो घाँटी भएकी युवती, टाढाबाट हेर्दा झट्ट नदेखिने सानो कोठीले झन् सुन्दरता थपेको थियो। घाँटीभन्दा तलसम्म फैलिएको कालो लामो परेली केसपास। सामान्यतया कपालले छोपिइरहने घाँटीपछाडिको भागमा खोपाएको ट्याटु पनि थियो। ट्याटुमा लेखिएको थियो, अंग्रेजीबाट आरके। कलाकारिता कम थिएन सो ट्याटुमा। गहभरी छचल्किने गरी आँशु लिएकी यी युवती फिल्मको गीत गाइरहेकी देखिन्थिन्, 'खुदा जाने कि मैं फिदा हूं...।'
_x000D__x000D_
सन् २००७ मा रिलका लागि रमेश बाबुसँग एक चिम्टी सिन्दुरको मूल्य सोधेकी यी युवती त्यसको ठीक ११ वर्षपछि रियल लाइफमा सिन्दूरको मात्रा बढाउन लागेकी छन्। सिन्दूर सजाउन ट्याटु खोपाएका आरके अर्थात् रणवीर कपूरको नाम त पहिल्यै पछि हटिसकेको छ। तर अब आरएस अर्थात् रणवीर सिंहले नै सिंदूरको मूल्य मात्र हैन मात्रा समेत थप्ने भएका छन्। रणवीर सिंह अब 'बैंड बाजा र बारात' लिएर दीपिकाका घर जाने तयारीमा छन्।
_x000D__x000D_
यसको मिति पनि तय भइसकेको छ, १४ नोभेम्बर। यही मिति नै किन चुनियो त? यो दिनको पनि अर्थ छ उनीहरुका लागि। १४ नोभेम्बरकै दिन पहिलो पटक दीपिका र रणवीर एकसाथ फिल्मी पर्दामा देखिएका थिए, 'राम-लीला' फ़िल्ममा। पाँच वर्ष पहिले फिल्म प्रदर्शनमा आएकै दिनको वार्षीकीलाई नै यो जोडीले लगनगाँठो जोड्ने दिनका रुपमा चयन गरेका हुन्।
_x000D__x000D_
राम-लीला फिल्मको गीत 'लहू मुँह लग गया'को सुटिङका क्रममा नै यी दुई तारालाई क्यामराले एकसाथ पहिलोपटक आफ्नै सामु पाएको थियो। तर फिल्मी दुनियाका लागि अधरमा लत्पतिकएको लाल रंगले वास्तविक जीवनभर साथ पाइरहला भन्ने शायदै सोचेका थिए होला यी दुई हस्तीले।
_x000D__x000D_
रणवीर र दीपिकाका प्रेम कहानी छोटो आलेखमा अटाउन सजिलो छैन। तर बेलामौकामा उनीहरुले एक दोस्रोका विषयमा बताएका कथाकहानीबाट यहाँ छोटो आलेख तयार पार्ने प्रयत्न गरिएको छ।
_x000D__x000D_
डिप्रेसनको शिकार भइन् दीपिका, अनि आए उही नामका सिंह
_x000D_कुनै पनि अभिनेत्रीको प्रेम वा बिछोड भएमा सबैभन्दा पहिला हुने काम भनेकै संञ्चारमाध्यमका पाना र भित्ता भरिन्छन्। भर्खरै मात्र जवानीमा पुगेकाहरुका लागि दीपिकाको सम्झना उनको ब्रेकअपबाट नै सुरु हुन्छ भन्दा अत्युक्ति नहोला। रणवीर कपुरसँग ब्रेकअप भएपछि सामान्य अवस्थामा फर्कन दीपिकाले ठूलो मूल्य चुकाउनु पर्यो। डिप्रेसनको शिकार बन्नु पर्यो। तर उनले डिप्रेशनको कारण ब्रेकअप भएको कहिल्यै पनि बताइनन्।
_x000D__x000D_
_x000D__x000D_
रणवीर कपुरसँग आफू गहिरो प्रेममा परेको भने उनले बताइसकेकी छन्। '१५ फेब्रअरी २०१४ का दिन म बिहानै उठें। वास्तवमा नै खालीपन महसुस भइरहेको थियो। अब अगाडि जाने कुनै बाटो बाँकी रहेन भन्ने मलाई लाग्यो। म रुन थालें। मलाई सोधीखोजी गरियो। कारण निजी हो कि पेशागत भनेर सोधियो?' एक कार्यक्रममा वियोगको अनुभव सुनाउँदै दीपिकाले भनेकी थिइन्।
_x000D__x000D_
उनले यो अनुभव सुनाएको समयको त्यही थियो जतिबेला दीपिका र रणवीर सिंह पर्दामा र पर्दाबाहिर पनि नजिकिन थालिसकेका थिए। यसपछि रणवीरले दीपिकालाई डिप्रेशनबाट मुक्ति दिलाउन खुलेर तारिफ गर्न थाले।
_x000D__x000D_
दीपिकालाई डिप्रेशन भएको पनि रणवीरले टिभी हेरेर मात्र थाहा पाएका थिए। टेलिभिजनको एक कार्यक्रममा जब दीपिकाले आफूलाई डिप्रेशन भएको बताइन्, त्यसपछि मात्र। यसबारे रणवीरले भनेका थिए- 'दीपिकाले आफू डिप्रेशनको शिकार भएको कुरा पहिलो पटक टिभी कार्यक्रममा खुलासा गरेपछि मेरा आँखा रसाए। यसरी सार्वजनिक गर्न ठूलो हिम्मत चाहिन्छ। दीपिकाले जिन्दगीभरका लागि मलाई जितिसकेकी थिइन्।'
_x000D__x000D_
लुकाइरहे प्रेमिकाको नाम
_x000D_सुरुवाती दिनमा रणवीर नाम नलिइकन आफ्नी प्रेमिकाप्रति खुबै माया दर्शाउँथे। तर निकै समयसम्म पनि प्रेमिका को हुन् भनेर गोप्य राख्न सफल भएका थिए उनी। प्रेमिकाको प्रशंसा पनि गर्थे तर नाम नलिइकनै। उनकी प्रेमिका पत्ता लगाउन भारतीय मिडियालाई निकै खोजी गर्नु परेको थियो। जीवन उज्यालो पार्न कस्ती दीपिका( बत्ती) खोजीरहेका छन् भन्ने कुरा चाँहि धेरै कमलाई मात्र थाहा थियो।
_x000D__x000D_
सिनेमा जगत् का यी दुई नक्षत्रलाई मिडियाले धेरै खोजीरहे। दुईबीचको सम्बन्धका विषयमा धेरै गोसिप बाहिरिए। दीपिका र आफूबीचको सम्बन्धका विषयमा कुरा गर्दै रणवीरले हिंदुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मुख नखोली सुख पाएनन्।
_x000D__x000D_
मिडियामा आएका समाचार पढ्दा मलाई आफ्नो कुरा हो भन्ने नै बिर्सने र लेखाईले चाँहि आकर्षित गर्ने उनले भनेर उनले घुमाउरो उत्तर दिएर पन्छिएका थिए रणवीर। 'ओहो...अहा...क्या क्रिएटिभ। क्या लेखनशैली। पढ्दा मजा हुन्छ' उनले उल्टै लेखनशैलीको तारिफ गरेका थिए। प्रेम भने लुकाइरहे।
_x000D__x000D_
तर पत्रकारले यतिमा मात्रै छोडेनन्। उनकी प्रेमिका को हुन् भनेर पत्ता लगाउनु फ्यानको चाहना पनि हुन्थ्यो। 'रणवीर कपूर र रणवीर सिंहमध्ये कसका साथमा चाँहि दीपिका राम्री देखिन्छिन्, तपाईलाई के लाग्छ?' यो उनले धेरै पटक उत्तर दिनु परेको प्रश्न थियो। जवाफमा रणवीर सिंह असिनपसिन हुन्थे र भन्थे 'निश्चय पनि...म...म।'
_x000D__x000D_
दीपिका-रणवीर सिंहको पहिलो भेट
_x000D_जुलाई ६, रणवीर सिंहको जन्मदिन पर्छ। साँझको समयमा परिवारका साथ मुम्बइको एक रेस्टुरेन्टमा रणवीर खाना खाइरहेका थिए। दीपिका सोही रेस्टुरेन्टमा पुगिन्। दुबैका आँखा जुधे। उत्साही देखिएकी दीपिकाले हतारिँदै सोधिन् 'अरे, तिमी मुम्बई शिफ्ट भइसक्यौ?' दीपिकालाई रणवीर मुम्बइ नै बस्छन् भन्ने कुरा थाहा नै रहेनछ। उनलाई लाग्थ्यो, रणवीर दिल्लीका हुन्। उनीहरुबीच भएको यो नै पहिलो भेट थियो।
_x000D__x000D_
दीपिका पादुकोणले हिंदुस्तान टाइम्सको एक सोमा रणवीर सिंहप्रतिको पहिलो इम्प्रेसनका बारेमा बताएकी थिइन्। 'मसँग एक जना एजेन्टको परिचय भएको थियो। ऊ रणवीरको ठूलो फ्यान थियो। रणवीर सिंह राम्रो कलाकार हो। ऊ ठूलो कलाकार बन्नेछ।' 'पछिसम्म पनि मलाई लाग्थ्यो कि रणवीर सिंह पनि खासै ठूलो कलाकार चाँहि होइन रहेछ। किनभने एजेन्टले त्यसो भनेको महिनौंपछि मात्र मैले रणवीर सिंहको फिल्म देखेकी थिएँ।'
_x000D__x000D_
_x000D__x000D_
पहिलो भेट सम्झँदै रणवीर सिंह भन्छन् 'मेरो जन्मदिन थियो। हामी खाना खाइरहेका बेला दीपिका उहीँ पुगिछन्। उनले गजबको गाउन लगाएकी थिइन्। मैले मसिनो आवाजमा परिवारका सदस्यलाई भनें- दीपिका...दीपिका। मलाई त्यहाँको खानाले एलर्जी भएको थियो। दीपिकासँग पहिलो पटक भेट हुँदा इंप्रेशन अच्छा परोस् भन्ने मेरो चाहना थियो। तर मलाई समयले साथ दिएन। रेस्टुरेन्ट हल्का उज्यालो थियो। मेरो एलर्जी लुकाउन त्यही हल्का अँध्यारोले सहयोग गर्यो। अनुहार लुकाउँदै दीपिका कुरा गरें।'
_x000D__x000D_
त्यही साँझ रणवीरलाई ज़िन्दगीभरका लागि पुग्ने उपहार मिल्यो। यसरी रणवीरले आफूहरुबीचको पहिलो भेटको बयान गर्दा मञ्चमै बसेकी दीपिकाको अनुहारमा चमक हराएको थियो।
_x000D__x000D_
कसरी जोडिए प्रेम सम्बन्धमा?
_x000D_सन् २०१३ मा रणवीरको स्वास्थ्यमा समस्या आयो। उनी ठीक भएपछि दिएको एक अन्तर्वार्ता निकै लोकप्रिय समेत भएको थियो। सोही वर्ष दीपिका र रणवीरको पहिलो फिल्म सार्वजनिक हुनेवाला थियो।
_x000D__x000D_
रणवीरले अन्तर्वार्तामा भनेका थिए 'प्रेम गर्न मलाई पनि मन पर्छ। दुनियाको सबैभन्दा राम्रो चीज पनि यही त हो। तर दुखको कुरा, म अहिलेसम्म कसैको प्रेममा परेको छैन। मलाई एक जना युवति चाँहि खुबै राम्रो लाग्छ। योभन्दा बढी अहिले केही बोल्न चाहन्न। केजी क्लासदेखि भारत फर्केर आउँदासम्म मसँग प्रेम गर्न चाहने धेरै भेटें होला। तर प्रेम भएन।'
_x000D__x000D_
_x000D__x000D_
यो कुरा बताएको केही दिन पछि रणवीर आफैंले भनेको कुरा पनि स्वीकार गर्न तयार भएनन्। बरु भन्दिए 'म बिरामी भएर औषधि खाएका बेला बोलेको त्यो कुरा ठीक होइन।'
_x000D__x000D_
सोही अन्तरवार्तामा उनले दीपिकाको खुलेर तारिफ गरे। दीपिकाजीलाई हेर्नुहोस् न। फिजिकल एपियरेन्स क्या छ। तर जब स्क्रिनमा आउँछिन् कुनै कुरा नै देखाउँदिनन्। आफूतिर उनको ध्यान खिच्न कति प्रयास गरें। तर सकिएन। रियल लाइफमा उनलाई देख्छु, हेर्नबाहेक अरु केही पनि गर्नै सक्दिन।'
_x000D__x000D_
उनले सो अन्तर्वार्तामा दीपिका आफ्नी प्रेमिका हुन् भनेर खुलस्त त पारेनन्। तर आजभन्दा पाँच वर्ष पहिले नै धेरैले लख भने काटिसकेका थिए, जुन कुरा आज सत्य सावित हुँदैछ।
_x000D__x000D_
दीपिकाले गाउने रणवीरकै लागि मात्र हो?
_x000D_सन् २०१५ मा आजतकका लागि दिएको एक अन्तर्वार्तामा रणवीर सिंहले दीपिकाले कसका बारेमा गीत गाउँछिन् भन्ने खुलासा गरेका थिए।
_x000D__x000D_
'दीपिका पादुकोण धेरै राम्रो गाउन सक्छिन्। तर गीत गाउन उनलाई लाज पनि उतिकै लाग्छ। दीपिकाले गाएको सुन्ने सोख भएको म नै हुँ। तर जति नै प्रशंसा गरेपनि गाउनका लागि उनी राजी हुन्नन्। यो कुरा थाहा हुँदाहुँदै पनि आग्रह चाँहि गरिरहन मन लाग्छ।
_x000D__x000D_
धेरैपटक आग्रह गरेपछि दीपिकाले एक सोमा दुई वटा गीतका केही हरफ गाएकी थिइन्। ''तुझे याद कर लिया है...' भन्ने र अर्को चाँहि, 'कहते हैं ये दीवानी मस्तानी हो गई।'
_x000D__x000D_
'दीपिकालाई देखेपछि आफैंलाई पनि भुलिदिन्छु'
_x000D__x000D_
स्टार वर्ल्ड टिभीमा अनुपमा चोपडासँग कुराकानी गर्दै रणवीर सिंहले दीपिकालाई देखेपछि आफैंलाई पनि भुल्ने गरेको बताएका थिए। पछि सोही सोमा दीपिकाले पनि रणवीर सिंहसँगको केमेस्ट्रीका विषयमा बताएकी थिइन्, 'हामी दुईको केमेस्ट्री खुब मिलेको छ भन्दै रणवीरले सुरुसुरुका दिनमा धेरै पटक दोहोर्याउने गर्थे।'
_x000D__x000D_
'दीपिकासँग मेरो कमेस्ट्री मजाले मिलेको छ। तर यस्तो महसुस हुनका लागि भने हामी दुबै जना कुनै फिल्मको सुटिङ गरिरहेको हुनुपर्छ। यो कुरा बुझ्नका लागि मलाई भिडियो नै हेरिरहनु भने पर्दैन। तर जस्ले भिडियो हेर्छन् उनीहरू सबैले यो कुरा बुझिहाल्छन्', उनले भनेका थिए।
_x000D__x000D_
_x000D__x000D_
'म कस्ती देखिएँ? भनेर मैले कति पटक सोध्दा पनि उनले मलाई कुनै वास्ता गरेजस्तै नै देखाउँदैनन्। तर काममा मद्दत भने खुबै गर्छन्। कति पटक त बढी मद्दत गरेकाले उल्टै सम्झाउनु र रोक्नु पर्ने अवस्था पनि आउँछ', दीपिकाले भनेकी थिइन्।
_x000D__x000D_
रणवीरले यतिमात्र भनेनन् 'कहिलेकाँही सुटिङ सकेपछि मोनिटरमा भिडियो हेर्न पनि जान्थें। तर तर उक्त भिडियोमा म आफूलाई भुल्न पुग्थें, खाली दीपिकालाई मात्र देख्थें। आफू नदेखिएपछि सो भिडियो दोहोर्याएर र तेहर्याएर समेत हेर्नुपर्थ्यो।'
_x000D__x000D_
'रणवीर स्कुल पढ्दाको साथीजस्तो'
_x000D_दीपिका वा एक्टिंगका कारण चर्चा सेलाएका बेला रणवीर ड्रेसअपको स्वरुप परिवर्तन गरेर चर्चा बटुल्छन्। यस विषयमा कुरा गर्दै दीपिकाले भनेकी थिइन्, 'रणवीरको ड्रेसअप देखेर ऊ मसँग छ वा छैन भनेर तपाईहरु आफैं पनि पत्ता लगाउन सक्नुहुन्छ।' उनले रणवीर स्कुले सहपाठी जस्तै भएको समेत बताएकी थिइन्।
_x000D__x000D_
'फाइंडिंग फैनी' फिल्मका लागि दिएको एक छोटो सिनमा रणवीर सिंह दीपिकाको दुलाहा बन्नुपर्ने थियो। भनिन्छ रणवीरले उक्त रोल फ्रिमा गरेका थिए।
_x000D__x000D_
बलिवुडका यी दुई कलाकारको प्रेम अब रिलमा मात्र सीमित रहेन। रियलमा जीवनभरका लागि एक अर्काको अंगालोमा कसिने भएका छन्। अबको केही दिनमा 'ब्यान्ड, बाजा, बारात'सहित रणवीर बेहुला बनेर बेहुली बनेकी दीपिकाको पाणिग्रहण गर्दैछन्। रिल लाइफको सुटिङजस्तै गरी उही तरिकाले भित्र्याउँदैछन् रणवीरले दीपिकालाई नोभेम्बरमा १५ मा।
_x000D__x000D_
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।