परासी- पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।
_x000D__x000D_
बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको हो।
_x000D__x000D_
कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०/३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो। कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पुर्याएकोमा अस्पतालले राति नै मृत घोषणा गरेको थियो। उनको टाउकामा गहिरो चोट लागेको थियो।
_x000D__x000D_
अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६/१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनको पनि टाउकामा चोट लागेको थियो।
_x000D__x000D_
कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ। के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
प्रहरीले सोही दिन ९ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सोधपुछपछि ६ जनालाई सोही दिन छोडिएको र बाँकी ३ जनासहित थप ५ जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।