राजविराज– नेपालकाे परम्परागत खेतीमा सुधार नआउँदा खर्चसमेत उठाउन नसकिएको भन्दै युवाहरू विदेशिने क्रम जारी छ। सरकारले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी उत्पादकत्व बढाउने र बाँच्नकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने भनेकाे वर्षौं वित्दासमेत कृषिमा सुधार अाउन सकेकाे छैन। मल तथा बिउको अभाव, कालोबजारी, सिँचाइप्रतिको उदासिनता, खेती प्रविधि र उत्पादकत्वकाे कमीले‘कृषि प्रधान देश’ नारामा मात्रै सीमित छ।
_x000D__x000D_
कृषि सुधारका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा परम्परागत प्रणालीबाट नै खेती हुने गरेका छन्। तर, पशु तथा कृषि विशेषज्ञ देवनाथ यादव भने कृषिको वर्तमान अवस्थामा सुधार ल्याउन मुलुकको खेती प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउँछन्।
_x000D__x000D_
सरकारले खेतीको गलत परम्परालाई प्रोत्साहन गरिरहेको उनकाे गुनासाे छ।
_x000D__x000D_
_x000D__x000D_
खेतीको प्रविधि र प्रणाली नसच्याए दिन दिनै जमिनको उर्वराशक्ति घट्दै जाने र उत्पादन ह्रास हुँदै जाने यादवको बुझाइ छ। ‘सरकारले न्यूनतम श्रम र खर्चमा बढी उत्पादन हुने खेती प्रणालीको विकास गर्नु जरुरी छ,’ उनले भने।
_x000D__x000D_
यादवले ‘न्यूनतम लागत तथा शून्य जोताइमा अधिकतम धानबाली उत्पादन गर्ने आधुनिक प्रविधि’को पनि विकास गरेका छन्।
_x000D__x000D_
यस प्रविधिमा खेतलाई खनजोत नगरीकनै अहिलेको तुलनामा तीन गुणा बढी उत्पादन गर्न सकिने उनको दाबी छ।
_x000D__x000D_
सोहि प्रविधिमार्फत उनले घर नजिकै जम्मा ३ हजार खर्चमा १० कठ्ठा जमिनमा धान खेती पनि गरेका छन्।
_x000D__x000D_
_x000D__x000D_
हाल प्रचलनमा रहेको प्रणालीलाई परिवर्तन गरी जमिन खनजोत गर्नुपूर्व नै मल तथा झार मार्ने औषधिको प्रयोग गर्दा माटोमा त्यसको असर हुने यादव बताउँछन्।
_x000D__x000D_
‘धान रोप्ने भन्दा पनि छर्ने प्रविधि सुरु गर्न सके श्रमको बचत हुन्छ र लागत पनि घट्छ,’ उनले भने, ‘सो प्रविधिले उत्पादन पनि तुलनात्मक रुपमा बढ्दै जान्छ।’
_x000D__x000D_
उनी झैं अन्य किसानपनि यस कुरामा सहमत हुन थालेका छन्।
_x000D__x000D_
उनकै सल्लाहअनुसार वोदेवरसाईन नगरपालिका–१ सहर्वाका वैद्यनाथीप्रसाद साहले १ विघा र विष्णुपुर गाउँपालिकाको मलेकपुरका रामफुल मण्डलले डेढ विगाहा जमिनमा धान खेती गरे।
_x000D__x000D_
धानको गाभा र बालाको अवस्था हेर्दा गत वर्षको तुलनामा उत्पादन आफूले विश्वास राखेको उनी बताउँछन्।
_x000D__x000D_
कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भागिरथ यादवले पनि देवनाथको प्रविधि सिचाइ सुविधा नपुगेका स्थानका लागि उपयुक्त हुने बताए।
_x000D__x000D_
सोहि प्रविधिअनुसार आफूले धनुषामा धानको खेती गरेको र बाली राम्रो भएको उनले बताए।
_x000D__x000D_
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह पनि देवनाथ यादवले विकास गरेको प्रविधिको प्रशंसा गर्दै खेतीलाई विज्ञान र प्रविधिसँग जोड्नुको विकल्प पनि नरहेको बताए।
_x000D__x000D_
को हुन् देवनाथ
_x000D_सप्तरीको राजविराज–१० (तत्कालीन हरिहरपुर गाविस) मटिगढी निवासी यादव ३५ वर्षसम्म त्रिभुवन विश्व विद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान संस्थान रामपुरमा प्राध्यापक थिए। उनी गत वर्ष मात्रै सेवा निवृत्त भएका हुन्।
_x000D__x000D_
भारतको पन्तनगर, नैनिताल स्थित गोविन्द वल्लभ पन्त कृषि तथा औद्योगिक विश्वविद्यालयाट सन् १९८७ मा बाली विज्ञानमा पिएचडी गरेका यादव २०३६ सालदेखि प्राध्यापन पेसामा थिए।
_x000D__x000D_
२०७३ को अन्तिमममा सेवा निवृत्त भएपछि किसानहरूलाई कृषि सम्बन्धि सल्लाह/सुझाव दिने तथा आधुनिक तरिकाले खेती गर्न जनचेतना फैलाउने काममा उनी सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।