कञ्चनपुर- तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ।
_x000D__x000D_
गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो। हात्तीले घर भत्काई भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँ लगायतको अन्न सबै खाएको छ।
_x000D__x000D_
लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभी लगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ। घर नजिक लगाएको तरकारी नष्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुण्डले उखेलेको छ।
_x000D__x000D_
राति १२ बजे २० भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो। हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए।
_x000D__x000D_
खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।