इनरुवा- सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रमको बाढी नै अाउन थालेकाे छ। स्थानीय संघ संस्थबीच सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धाले इनरुवा निकै तातेको हो।
_x000D__x000D_
दशैँ, तिहार र छठपर्वको अवसर पारेर इनरुवाका विभिन्न वडामा स्थानीय अगुवा युवाले सांस्कृतिक माहोल तताउन थालेका हुन्।
_x000D__x000D_
राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुलाई इनरुवासम्म ल्याएर दशैँको सप्तमीका दिनदेखि नै इनरुवामा सांस्कृतिक कार्यक्रम हुने क्रम बढेको स्थानीय चन्दन मेहताले बताए। कहिले इनरुवा–३ सखुवागाछीमा, कहिले महेन्द्र चोक, कहिले इनरुवा–२ मा रहेको क्लासिक होटल नजिक, कहिले जिल्ला समन्वय समिति सडकमा त कहिलो भूमिसुधार कार्यालयको अगाडि सांस्कृतिक कार्यक्रम हुने गरेको छ।
_x000D__x000D_
युवाको सक्रियतामा ठूला चाडपर्व लक्षित गरेर आयोजना हुने सांस्कृतिक साँझहरु रमाइलोका साथै आपसी खुशीयाली साटासाट गर्ने साझा थलो हुने गरेको इनरुवाका युवा पत्रकार वीरेन्द्र मेहताले बताए।
_x000D__x000D_
गए राति मात्र सुनसरी सदरमुकाम इनरुवा–२ भूमि सुधार कार्यालयको अगाडि १२औँ सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। मैथली तथा नेपाली समुदायका कलाकारको सक्रिय सहभागितामा सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको स्थानीय चुना निरौलाले बताइन्। यसैबीच चाडपर्वको बेला सुनसरीका विभिन्न ठाउँमा जुवा खेल भइरहेको स्थानीयवासीले बताएका छन्।
_x000D__x000D_
नेपालीको दोस्रो ठूलो चाड तिहार र दीपावली पर्वमा मनोरञ्जनको नाममा जिल्लाका विभिन्न ठाउँमा जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ। स्थानीयस्तरमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा डाइस, फ्लास, कौडा, म्यारिजलगायतका जुवा खेल भइरहेको प्रत्यक्षदर्शीले बताएका छन्।
_x000D__x000D_
जिल्लाको इनरुवा, इटहरी, धरान, हरिपुर, श्रीपुर, नरसिंह, भोक्राहा, देवानगञ्ज, हरिनगरा, दुहवी, रामधुनी, बराहक्षेत्रलगायत क्षेत्रमा जुवाजन्य खेल भइरहेको प्रत्यक्षदर्शीको भनाइ छ।
_x000D__x000D_
प्रहरीले देखाउनका लागि अपवादमा एक दुईजनालाई नियन्त्रणमा लिएको भए पनि ठूलाबडालाई छुट दिने गरेका कारण जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।