दीपावलीबारे मूलतः दुई वटा कथा चर्चित छन्। पहिलो, रावणको बध गरी राजा राम अयोध्या फर्केर राजाभिषेक गरेको दिन भनी दीपावली मनाएको कथा। दोस्रो, श्रीकृष्ण र उनकी श्रीमती सत्यभामाले असुर नर्कासुरको बध गरेको दिनको रुपमा दीपावली उत्सव मनाइएको कथा। दुवै कथामा शत्रुको बधलाई उत्सवको रुपमा मनाइएको छ।
_x000D__x000D_
रामले रावण र श्रीकृष्णले नर्कासुरको बध गरेको विषयमा उत्तर र दक्षिण भारतमा फरक–फरक बुझाइ छन्। दीपावली भनेको दियो बाल्ने, नयाँ लुगा लगाउने, आफूले मानेको देवताको पूजाअर्चना गर्नु मात्र होइन, बरू ठूलो मात्रामा बारुद पटाका पड्काउनु पनि भइरहेको छ। ती पटाकाले वायुमण्डलमा कति धेरै प्रदूषण फैलाएको छ भने उत्सव मनाउनेहरुको स्वास्थ्यमा पनि ज्यादै नकारात्मक असर पारिरहेको छ। दीपावलीको दिन सहरी क्षेत्रमा पड्काइने पटाकाका कारण फैलिने प्रदूषणले मानिसलाई श्वास फेर्न पनि गाह्रो हुने गर्दछ। आगलागी र प्रदूषणका कारण धेरै मानिस, विशेषतः केटाकेटीको मृत्यु हुने गरेको छ।
_x000D__x000D_
प्रथमतः दीपावली मनाउनुसँग जोडिएको रामको कथाबारे अध्ययन गरौं।
_x000D__x000D_
कुनै समाज वा राष्ट्रलाई समावेशी बनाउन त्यो समाज वा राष्ट्रमा मनाइने चाड किन मनाइन थालेको हो, कसरी मनाइँदै गरेको छ भन्ने कुरा राम्ररी बुझ्न निकै महत्वपूर्ण हुने गर्दछ। राष्ट्र वा राष्ट्रको कुनै एउटा हिस्साले रामको जन्म दिन वा उनको राज्याभिषेकको दिनलाई उत्सवको रुपमा मनाए भने कुनै आपत्तिको कुरा भएन। तर त्यही दिन रावणको पुतला किन जलाइन्छ?
_x000D__x000D_
एउटा मिथकीय पात्रको रूपमा रावण भनेका द्रविड, शुद्र, दलित, आदिवासीद्वारा अँगालिएका र गहिरोसँग सम्मान गरिएका पात्र हुन्। महात्मा फुले, पेरियार रामास्वामी नायकर र बीआर अम्बेडकर आदिले रावणको भिन्न (सकारात्मक) छवि प्रस्तुत गरेका छन्। के त्यसो भए प्रधानमन्त्री कार्यालयले खराब समुदायको रुपमा चित्रण गरिएका वा रावणप्रति सम्मान गर्ने जाति अथवा आदिवासी समुदायमा जन्मे–हुर्केका, इतिहासले शिकार बनाएका मानिसको भावनालाई चोट पुर्याउनु उचित हो?
_x000D__x000D_
भारतका द्रविड र दलित–बहुजनहरूले रावणलाई आफ्नो प्रतिनिधिका रुपमा चित्रण गर्ने गर्दछन्। रावणकी आफ्नै बहिनी सुपर्णखाको सुन्दर शरीरलाई रामचन्द्रको निर्देशनमा उनका भाइ लक्ष्मणले चोट पुर्याएका थिए, सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैको बदला लिन रावणले रामचन्द्रकी श्रीमती सीताको अपहरण गरेको द्रविड र दलित बहुजनहरूको विश्वास छ। तर रावणले सीताको शरीर छोएकोसम्म थिएनन्। द्रविड र दलित बहुजनहरूले सुपर्णखा र सीता दुवैलाई आत्मसम्मान र आत्मस्वाभिमानको समान अधिकार भएका महिलाहरूको रुपमा लिने गरेका छन्।
_x000D__x000D_
तर रावणको मात्र किन राक्षसीकरण गरिँदैछ?
_x000D__x000D_
शासक जाति वा वर्गका लेखकहरूले नै मिथक रचना गर्ने कुरा हामीलाई थाहा छ। आफ्नो शासन जोगाउन मात्र उनीहरूले त्यसो गर्ने गर्दैनन्, बरू ऐतिहासिक रुपमा उत्पीडनमा परेका जनतामा रहेका ज्ञान र पहिचान समेतलाई नामेट पार्न पनि उनीहरूले त्यसो गर्ने गर्दछन्। रावण द्रविड र दलित बहुजन जनताका प्रतिनिधि हुन् भन्ने दृष्टिकोण वर्षौं वर्षदेखि फैलिरहेको छ। निसन्देह रामायण र त्यो कथाका विभिन्न पात्रलाई बुझ्ने बहुआयाम छन्। रामको बारेमा पनि धेरै थरी बुझाइ छन्। धर्म र अधर्मको मापदण्ड पनि वर्ग र जातअनुसार भिन्न–भिन्न हुँदै आएको देखिन्छ। जोजो व्यक्ति रामचन्द्रको अर्चना गर्न चाहन्छन्, उनीहरूलाई त्यसो गर्ने अधिकार छ। त्यस्तै, जोजो व्यक्ति रावणको अर्चना गर्न चाहन्छन् वा उनको प्रशंसा गर्छन्, उनीहरूलाई पनि त्यसो गर्ने अधिकार हुनुपर्दछ।
_x000D__x000D_
एउटा धर्मनिरपेक्ष राष्ट्रले त्यसकारण आफ्नो निष्पक्षता कायम राख्नु पर्दछ। यदि राज्यका निकाय स्वयं रावणको पुतला दहन गर्ने कर्ममा सहभागी भए उनीहरूले ऐतिहासिक रुपमा कुनै एउटा पक्षको संस्कृतिलाई पक्षपोषण गरिरहेका हुनेछन् । उनीहरू पनि उत्पीडकको खेमामा उभिएको मानिनेछ।
_x000D__x000D_
त्यसैगरी दक्षिण भारतमा दीपावली भनिने चाड श्रीकृष्णले नर्कासुर राक्षसको बध गरेको दिनको रुपमा मनाइन्छ। नर्कासुरलाई द्रविड आदिवासीका प्रतिनिधि पनि मानिन्छ। कालो वर्णका अजंग नर्कासुर द्रविड आदिवासीका पुर्खा भएको विश्वास गरिन्छ। कालो वर्णका अजंग शरीरले द्रविड जातिको लडाकु परम्परालाई सड्ढेत गर्दछ। किन कसैको मृत्युलाई उत्सवको अवसर मानिन्छ? यदि आतंकवादीहरूले राजीव गान्धीको निर्मम हत्यालाई उत्सवको रुपमा मनाए, हामीले त्यसको प्रतिक्रिया कस्तो जनाउँदा हौंला? राजीव गान्धीलाई श्रीलंकामा हत्या र विनाशका लागि जिम्मेवार व्यक्ति मान्ने मानिसहरूले उनको हत्याको दिनलाई खुशियालीको दिनका रुपमा उत्सव मनाए कस्तो होला? राजीव गान्धी हत्याको त्यो ऐतिहासिक घटनाको जवाफ प्रभाकरणको हत्या र भारतमा त्यो हत्यालाई उत्सवको रुपमा मनाउनु कदापि हुन सक्दैन। इन्दिरा गान्धीको हत्या गरेका खालिस्तानीहरूका आँखामा उनी खराब प्रधानमन्त्री थिइन्। यदि खालिस्तानीहरूले इन्दिरा गान्धीको हत्यालाई बारुद पटाका पड्काएर र दियो बालेर उत्सव मनाए हामीले कस्तो महसुस गरौंला?
_x000D__x000D_
हत्या र प्रतिशोधका त्यस्ता घटनालाई उत्सवका अवसर बनाइनु सही होइन। त्यसले विभिन्न समूहबीच रहेको शत्रुतापूर्ण सम्बन्धको स्मरण मात्र गराइरहनेछ। कदाचित गलत सांस्कृतिक अभ्यासले चाडबाडको रुपमा निरन्तरता पाइरहेको अवस्थामा पनि राज्य त्यसबाट टाढा रहनुपर्ने हुन्छ। आदिवासी द्रविड जनताको जीवनमा महात्मा फुलेका लेख–रचना र गतिविधि महत्वपूर्ण भूमिकामा आउनुअघिसम्म उनीहरूले रावण, नर्कासुरलगायतका मिथकीय पात्रहरूलाई नायकको छविमा हेरेका थिएनन्। आजभोलि उनीहरू रावण, नर्का र बलीजस्ता पात्रलाई आफ्ना गैरहिन्दु नायकका रुपमा बुझ्ने गरेका छन्। इतिहाससम्बन्धी आदिवासी जनताको यो दृष्टिकोणलाई किन अरु नागरिक समाजले सम्मान नगर्ने?
_x000D__x000D_
आजभोलि हामीकहाँ रावण र नर्कासुरलाई आफ्नो प्रतिनिधित्वमूलक पात्र मान्ने विद्वान् समूहहरू पनि बनिसकेका छन्। कम्तीमा यसले मानिसहरूलाई किन दिवाली वा दीपावली चाडलाई जीवनको चाडको रुपमा नभई मृत्युको चाडका रुपमा मानिरहेका कथामा पुनर्विचार गराउनेछ।
_x000D__x000D_
क्रिस्चियनहरूले जब जिससको जन्म दिवस मनाउन सुरू गरे, जिससको हत्या गर्ने पारसीहरूले त्यसको प्रतिकारमा उनलाई काठका मुढामा झुण्ड्याएको दिनको रुपमा उत्सव मनाउन थाले। समयान्तरमा पारसीहरूले आफ्नो उत्सवको नेपथ्यमा रहेको क्रूरताको कथा बुझे। अनि त मानव इतिहासमा त्यस्तो दिन पनि आयो, जुन दिनदेखि जिससका शत्रुका उत्तराधिकारीहरूले जिससको जन्म दिन मनाउन थाले। आज क्रिसमस संसारको सबभन्दा धेरै मानिसले मनाउने चाड बनेको छ। रामको जन्मलाई पनि दियो बालेर, नयाँ लुगा लगाएर, मिठो खाना खाएर मनाउने भारतीय जनतालाई त्यसरी नै उत्सव मनाउन दिउँ। कृष्णजन्माष्टमी मनाउनेलाई पनि मनाउन दिउँ। त्यसो गर्दा कसैलाई केही समस्या हुने छैन।
_x000D__x000D_
तर कसैको मृत्युको उत्सव मनाउने दिमाग भनेको क्रूर र खराब दिमाग हो। महात्मा फुलेको विचारमा ऐतिहासिक रुपमा शुद्र र अतिशुद्र जातका मानिसहरूले कसैको मृत्यु वा हत्यालाई उत्सवको रुपमा कहिल्यै मनाएका थिएनन्। तर आज दिवाली उनीहरूको पनि चाड बनेको छ। बहुसांस्कृतिक राष्ट्रमा हामी सबैले जन्मको अर्चना गर्न पाउने अधिकारको रक्षा गर्नुपर्दछ, मृत्युको उत्सव मनाउने हकको होइन। हामीले सिर्जनशीलता र उत्पादनशीलतालाई खुशियालीको उत्सवको रुपमा मान्नुपर्दछ, ध्वंसको होइन।
_x000D__x000D_
इलैय्या भारतको हैदराबादस्थित मौलाना आजाद राष्ट्रिय उर्दु विश्वविद्यालयअन्तर्गत सामाजिक बहिस्करण तथा समावेशी नीति अध्ययन केन्द्रका निर्देशक हुन्।
_x000D__x000D_
नेपाली अनुवाद- नीरज
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।