धादिङमा भएका दुई दुर्घटनामा २० घाइते

नेपाल लाइभ | २०७५ कार्तिक २२ बिहीबार | Thursday, November 08, 2018 १५:१३:३६ मा प्रकाशित

धादिङ- धादिङ चरौँदी र ससाहमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन्। 

_x000D_ _x000D_

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा२ख ४२४७ नं को माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन्। 

_x000D_ _x000D_

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको राजमार्गस्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। 

_x000D_ _x000D_

यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ।