दुर्घटना भएको पाँच महिनापछि उड्यो तारा एयरको जहाज

नेपाल लाइभ | २०७५ कार्तिक २२ बिहीबार | Thursday, November 08, 2018 १४:३२:४३ मा प्रकाशित

जुम्ला- दुर्घटनाबाट क्षतिग्रस्त भएको तारा एयरको जहाजले झण्डै पाँच महिनापछि उडान भरेको छ। 

_x000D_ _x000D_

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो। आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ। तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो। 

_x000D_ _x000D_

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताए।

_x000D_ _x000D_

क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरे। जहाज मर्मतका लागि एक महिनादेखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर मर्मत गरेका थिए।

_x000D_ _x000D_

'जहाज उडाउनुअघि जहाजको अवस्थाका बारेमा परीक्षण भएको थियो, इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो'उनले भने।

_x000D_ _x000D_

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो। रासस

_x000D_ _x000D_

यो पनि पढ्नुहोस्

_x000D_ _x000D_

तारा एयरको विमान जुम्लामा दुर्घटना

_x000D_ _x000D_
_x000D_

 

_x000D_
_x000D_ _x000D_