क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलिस्स्थित एक मदिरालयमा गोली प्रहार हुँदा एकजना प्रहरीसहित १२ जनाको ज्यान गएको छ।
_x000D__x000D_
स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित "बोर्डरल्याण्ड बार एण्ड ग्रील" नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।
_x000D__x000D_
कम्तीमा अन्य १० जना घाइते छन्।
_x000D__x000D_
मारिनेमा बन्दूकधारी पनि रहेको भेन्चुरा काउन्टीका एकजना प्रहरीले बताएका छन्। तर ती व्यक्तिको पहिचान भैसकेको छैन। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन।
_x000D__x000D_
कलेजका विद्यार्थीहरूमाझ सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए। बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।