मेक्सिको- एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
_x000D__x000D_
दुर्घटनामा परी अरू १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
_x000D__x000D_
राजमार्गमा तीव्र गतिमा रहेको ट्रकको ब्रेक फेल भएर नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको थियो।
_x000D__x000D_
सडकमा धेरै भीड भएको बेला बेलुकाको समयमा मेक्सिको सिटी नजिकै दुर्घटना भएको नगर सुरक्षा विभागले जनाएको छ।
_x000D__x000D_
घाइते भएकाहरूलाई तत्काल हेलिकोप्टरमार्फत उपचारका लागि अस्पताल पु¥याइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्। रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।