काठमाडौँ–ओलम्पिकको एसियाली छनोट खेलमा सहभागी हुन म्यानमार भएको छनोटको पहिलो खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको छ।
_x000D_
_x000D_अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलका लागि म्यानमामा भएको एसियन छनोटमा नेपालले सुरुवाती अग्रता लिएको थियो। निरु थापाले ११ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
_x000D__x000D_
तर ३७ औं मिनेटमा भारतले बराबरी गोल फर्काउन सफल भयो। भारतका लागि कमलादेवी युमनामले गोल गरेकी थिइन्। यसअघिका खेलमा लगातार पराजित हुँदै नेपालले भारतलाई बराबरीमा रोकेको यो पहिलो पटक हो।
_x000D__x000D_
ओलम्पिकको एसियन छनोट अन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यानमार र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यान्मामा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह ‘सी’ र ‘डी’ मा चार चार टोली रहेका छन् ।प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुई समेत दोस्रो चरण पुग्नेछन्।
_x000D__x000D_
दुई साता लामो चीनमा प्रशिक्षण गरी गत शुक्रबार नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो।
_x000D__x000D_
_x000D__x000D_
चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेलेको थियो। नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन्।
_x000D__x000D_
नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो।
_x000D__x000D_
_x000D__x000D_
नेपाली टोलीमा गोलरक्षकमा एन्जिला तुम्बोप्पो सुब्बा, रुपाराना मगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।