इटहरी– एक वर्षअगाडि इनरुवा नगरपालिका ३ का विनोद खत्वेले आफ्नै श्रीमतीको हत्या गरे। छिमेकी जीवन खत्वेले चाल पाएपछि प्रहरीलाई सूचना दिए। त्यसपछि सुरु भयो द्वन्द्व। बोलचाल बन्द भयो। जीवनको परिवार समाजबाट नै बहिस्करणको अवस्थामा आइपुग्यो।
_x000D_ _x000D_
अन्तत: गत असोज १८ गते कोसी नदीमा धकेलेर जीवनको हत्या गरियो।
_x000D_ _x000D_
असोज १६ गतेको जितिया पर्वको मूर्ति सेलाउन जाँदा जीवनको हत्या भएको हो।
_x000D_ _x000D_
परम्परा अनुसार १७ गते नै मूर्ति सेलाउनुपर्नेमा जीवन जान नभ्याएपछि १८ गतेलाई कार्यक्रम सारियो। सो दिन पनि उनी स्कुल गएकाले फर्किएपछि २ बजे जबरजस्ती गाडीमा हालेर लगिएको प्रत्यक्षदर्शी दीपक खत्वे बताउँछन्।
_x000D_ _x000D_
पहिला कुनै वास्ता नगर्ने समाजले त्यसपटक भने बारम्बार जीवनलाई नै तारो बनाइरहेको थियो। बदला लिनकै लागि जीवनको हत्या गरिएको परिवारको दाबी छ।
_x000D_ _x000D_
जीवनका बुबा विष्णु खत्वे र आमा ललिया अहिले न्यायको खोजीमा भौंतारिइरहेका छन्। सम्पूर्ण प्रमाण हुँदाहुँदै पनि न्याय नपाएकोमा उनीहरु दु:खी छन्। एकातिर न्याय नपाइने चिन्ता र अर्कातिर सामाजीक बहिस्करणको पीडा। उनीहरु भावविह्वल अवस्थामा छन् यतिबेला।
_x000D_ _x000D_
घटनापछि असोज २३ गते इलाका प्रहरी कार्यलय महेन्द्रनगर सुनसरीमा किटानी जाहेरी दिन गएका थिए। तर प्रहरीले पहिला सम्पूर्ण कुरा बुझ्ने अनि मात्र जाहेरी लिने बतायो। 'त्यसपछि जिल्ला प्रहरी कार्यलय इनरुवा गयौं। आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीले फिर्ता पठायो,' उनीहरुको भनाइ छ। इनरुवा अस्पतालले पनि पोस्टमार्टम रिपोर्ट आउन एक वर्ष लाग्ने भन्दै उनीहरुलाई अझै झुलाइरहेको छ।
_x000D_ _x000D_
यसरी भयो घटना
_x000D_ प्रत्यक्षदर्शी दीपक खत्वेका अनुसार राहुल शाह र दीपक पण्डित मूर्ति बोकेर खोलाको बीचमा गए। मूर्ति पानीमा झर्यो। त्यही बेला उनीहरुले जीवनलाई बोलाए। जीवन गएपछि उनीहरुले मूर्ती नदीको बीचमा पुग्नेगरी धकेलिदिए। उनलाई मूर्ति समाउन भनियो। उनले मानेनन्। तर, उनीहरुले मूर्तिसँगै जीवनलाई पानीमा धकेलिदिएको दीपक बताउँछन्। आफूसँग भएको भिडियो प्रमाण प्रहरीलाई देखाउँदा समेत कुनै वास्ता नगरेको उनको भनाइ छ।
_x000D_ _x000D_
यो सम्पूर्ण घटना विनोद खत्वेका भाइ राजकुमार खत्वेको इसारामा भएको पीडित परिवारको दाबी छ। इनरुवा नगरपालिका वडा ३ का दीपक र भोक्राहका राहुलले राजकुमार खत्वेको इसारामै मूर्ति सेलाउन गहिरो भागतिर लगेको दीपक बताउँछन्।
_x000D_ _x000D_
'जीवन नदीमा डुबेको मैले नै देखेको हुँ,' उनी भन्छन्, 'त्यसपछि राहुल र दीपक खोलाबाट बाहिर निस्किएका हुन्।' त्यससँगै जीवनको मोबाइल लगायत सम्पूर्ण प्रमाण खोलामा बगाइदिएको उनी स्विकार्छन्। जीवन डुबिसकेपछि उनीहरु दुवै सिटी सफारी चढेर भागेका थिए।
_x000D_ _x000D_
दीपक खत्वेका अनुसार मूर्ति सेलाउन क्रममा सुरेश खत्वे, राजाराम खत्वे, राधे खत्वे, श्यामदेव खत्वे, जितेश खत्वे, सुरज खत्वे, तुलसी खत्वे, पारस खत्वे, राहुल शाह, दिनेश पण्डित, राजकुमार खत्वे लगायत २५ जना उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।