कैलाली– अफसोस! पुन: राधा कुटिइन्। लक्ष्मीपूजाकै दिन। हिजो।
_x000D__x000D_
राधामाथि स्थानीय कालीचरण चौधरीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए। कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ।
_x000D__x000D_
फ्ल्यास ब्याक २०७४ फागुन २४
_x000D_त्यो अप्रिय घटना २०७४ फागुन २४ को थियो। अर्थात् नारी दिवसका दिन। घोडाघोडी नगरपालिका वडा नं ५ स्थित देउकलियाकी राधा चौधरीमाथि ७ घन्टा निर्घात कुटपिट भयो। गाउँलेले रमिता हेरे। ताली बजाए।
_x000D__x000D_
२० वर्षीया राधामाथि 'भोलेबाबा' भनिने रामबहादुर चौधरी र 'पार्वती माता' भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै निर्मम कुटपिट गरेका थिए।
_x000D__x000D_
_x000D__x000D_
राधामाथि कुटपिट र अत्याचारको समाचार डढेलो बन्यो। सामाजिक सञ्जाल र सञ्चार माध्यममा श्रृव्यदृश्य सामग्री छ्याप्छ्याप्ती भयो। घाइते राधालाई उद्दार गरेर उपचारका लागि धनगढी ल्याइयो। केही दिन पुनर्स्थापना केन्द्रमा राखियो। पछि कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिको पहलमा देउकलियामै कार्यक्रम आयोजना गरी राधालाई पुनर्स्थापन गरियो।
_x000D__x000D_
‘हामीलाई सबैले ढाँटे, मान्छेले पनि ढाँटे र समाजले पनि ढाँट्यो’, पीडित राधा चौधरीको अनुहारमा विरक्ति देखियो, ‘मान्छेहरु जे बोल्छन् त्यो नगर्ने रहेछन्। यस्तो सम्झिदाँ दुःख लाग्छ।’ साथमा, उनकी आमा फूलकेशरी पनि थिइन्। छोरीले गुनासो सुनाइरहँदा उनका आँखासमेत भरिए।
_x000D__x000D_
_x000D__x000D_
भएको के रहेछ भने, घटनापछि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पीडित राधा चौधरीको स्वास्थ्य उपचार तथा शिक्षादिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले व्यहोर्ने बताएका रहेछन्। उनले मात्र होइन प्रदेशका मन्त्रीहरु, जसले राधालाई भेटे, सबैले शिक्षाको जिम्मा सरकारको भन्दै साखुल्ले पल्टेका रहेछन्। तर, घटना भएकाे आठ महिना बितिसकेको छ, पीडित राधाले कुनै राहत पाएकी छैनन्।
_x000D__x000D_
‘अहँ, त्यसपछि हामीलाई कसैले सोधखोज गरेन’, पिँढीको डिलमा राखिएको खटियामा भेटिएकी राधाले सुनाइन्, 'कक्षा ११ को सबै शुल्क हामीले नै दु:खसुख तिर्यौं।’
_x000D__x000D_
राधा पढ्ने घोडाघोडी नगरपालिकाको सुख्खडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीले भने, ‘प्रदेश सरकारबाट हालसम्म राधालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नेबारे कुनै पत्राचार वा सूचना प्राप्त भएको छैन।’ तर विद्यालय व्यवस्थापन समितिले भने सहयोग गर्ने निर्णय गरेको दाबी उनले गरे।
_x000D__x000D_
शिक्षामा बेइमानी भइहाल्यो। त्योभन्दा बढी अप्रिय पक्ष त समाजसँग रहेछ।
_x000D__x000D_
कुराकानी गर्दैजाँदा राधाका आमा–छोरीले हामीसँग गुनासो गरे, समाजले अझै पनि उनीहरुलाई हेयको दृष्टिले हेर्न छोडेको छैन। छरछिमेकमा अझै पनि राधालाई ‘बोक्सी’ मान्नेहरु छन्। गाली गर्नेहरु छन्। छी:छी र दूरदूर गर्नेहरु छन्।
_x000D__x000D_
_x000D__x000D_
‘विद्यालयमा पनि केही साथीहरुले बोल्न छोडेका छन्,' राधाले भनिन्, ‘बोल्न आउनेसँग म बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ?’ उनी आफूलाई अझै पनि गाउँमा बस्न सहज नभएको बताउँछिन्।
_x000D__x000D_
राधाकी आमा फूलकेशरीले पनि छोरी (राधा) का लागि गाउँमा पहिलेजस्तो सहज वातावरण नरहेको बताइन्। उनले छोरीलाई गाउँ-समाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा दुःख लाग्ने गरेको बताइन्। ‘कसैले केही भन्यो भने पनि चुपचाप बस्नुपर्छ, सुने पनि नसुनेझैं गर्नुपरेको छ’, उनले दुखेसो पोखिन्।
_x000D__x000D_
राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन्। कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन्। अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन्।
_x000D__x000D_
राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन्।
_x000D__x000D_
यो पनि- बोक्सीको आरोपमा यातना खेपेकी राधा भन्छिन्- गाउँघरमा अझै पनि बोक्सी भन्छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।