बोक्सीको आरोपमा राधा चौधरीमाथि फेरि कुटपिट, एक जना पक्राउ

Nepal Live

आमाका साथमा राधा। फाइल तस्बिर


कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ।

चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए। कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ।

यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो। भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्। घोडाघोडी नगरपालिका–५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो।

ललित बोहरा

बोहरा नेपाल लाइभका डडेल्धुरा संवाददाता हुन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार