रसुवा– तिहारमा भाइटिकाको अघिल्लो दिनसमेत कृतिम फूलमालाको व्यापार बढेको छ।
_x000D__x000D_
रसुवामा पर्याप्त मात्रामा फूलको उत्पादन नहुने हुदाँ प्लाष्टिकका फूलमालाको व्यापार बढेको व्यापारीहरूको भनाइ छ।
_x000D__x000D_
कृतिम फूलमाला नझर्ने, नओइलाउने, नसुक्ने भएकाले करिब ६ वर्षदेखि प्लाष्टिकको मालाको व्यापार गरिरहेको धुन्चेका व्यापारी सुनिता गुरुङले बताइन्।
_x000D__x000D_
प्लाष्टिकका एउटा मालाको मूल्य २० रुपैयाँदेखि ८० रुपैयाँसम्म रहेको छ।
_x000D__x000D_
प्राकृतिक फूल छिट्टै बिग्रने तथा ढुवानीमा समस्या हुने हुदाँ कृतिम फूलमालाको भर पर्नुपरेको उपभोक्ताकाे भनाइ छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।