ठिनी– मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ।
_x000D__x000D_
जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा ५ हजार १ सय २० मिटरको उचाइमा रहेको मेसोकोन्दो पार गरेर तिलिचो ताल पुग्ने करीब १५ किलोमिटर लामो पदमार्ग निर्माण गरेका हुन्।
_x000D__x000D_
आर्थिक वर्ष २०७४/७५ मा विनियोजित १० लाखबाट ९ किलोमिटर ५ सय मिटर र यस वर्ष विनियोजन भएको ५ लाखबाट ५ किलोमिटर पदमार्ग निर्माणका साथै विभिन्न ठाउँमा सङ्केत चिह्न राखिएको एक्यापका सब इञ्जिनीयर निकेश शेरचनले जानकारी दिए।
_x000D__x000D_
जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको एक्पापका प्रमुख तुलसी दाहालले बताए।
_x000D__x000D_
प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यो पदमार्गका आकर्षण हुन्।
_x000D__x000D_
दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त पदमार्गमा पर्यटक आगमन बढाउन सडक सञ्जालले पनि जोड्ने तयारी भएको छ।
_x000D__x000D_
ठिनी गाउँदेखि दुई किलोमिटर ताङडुङसम्म पुगेको सडकलाई विस्तार गरेर नमखुलेकसम्म पुर्याउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको सांसद चन्द्रमोहन गौचनले बताए।
_x000D__x000D_
पदयात्रामा जाने पर्यटकको सुविधाका लागि ठिनी गाउँका आठ घरमा थकाली होमस्टे सञ्चालन गरिएको स्थानीय जनमुक्ति युवा कल्वका अध्यक्ष नरेन्द्र थकालीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।