काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन्।
_x000D__x000D_
महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए।
_x000D__x000D_
प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रेक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए।
_x000D__x000D_
महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा पदमप्रसाद देवकोटा बस्दै आएका छन्। १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र २०१६ भदौ २९ गते निधन भएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौँ लोकप्रिय कृति प्रकाशित छन्। उनी शिक्षामन्त्री समेत बनेका थिए।
_x000D__x000D_
‘देवकोटा मूलबाट फुटेर खसेको झाँगो जस्तो’
_x000D_गतसाता छातीमा संक्रमण भएर उपचारार्थ अस्पताल भर्ना भई निवास फर्केपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिएका प्रधानमन्त्री ओलीले महाकवि देवकोटाका विभिन्न कविता सुनेपछि भने, 'देवकोटा जस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन। उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको झाँगोजस्तो हुनुहुन्थ्यो।'
_x000D__x000D_
आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा अरुण सायमी र सचिवायलले लामो नबोल्न र धेरैबेर कार्यक्रममा नबस्न सुझाए पनि प्रधानमन्त्री ओलीले देवकोटाका रचना सुनेर आफूलाई शक्ति मिलेको बताए।
_x000D__x000D_
आफू जन्मनुभन्दा ४२ वर्षअघि जन्मिएका महाकवि देवकोटालाई प्रधानमन्त्री ओलीले देवकोटा बितेको भोलिपल्टदेखि मात्र राम्रोसँग चिन्न थालेको अनुभव सुनाए।
_x000D__x000D_
प्रधानमन्त्री ओलीले आफू बाल्यकालमा विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरु रोएको देखेपछि उनप्रति जिज्ञाशा बढेको र पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफू पनि रोएको स्मरण गरे। झ्याउरे छन्दको ‘मुनामदन’ अहिले पनि नेपाली पाठकमाझ धेरै बिक्री हुने पुस्तक मध्येमा पर्छ।
_x000D__x000D_
भारतीय महापण्डित डा राहुल साङकृत्यायनले देवकोटालाई गौतमबुद्धपछिको सबैभन्दा ठूलो मानवातारका रूपमा लिर्ई भारतका तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा भनी उल्लेख गरेको सन्दर्भ पनि साहित्यिक इतिहासमा गौरवका साथ लिइन्छ।
_x000D__x000D_
स्रष्टालाई चुरोट त्याग्न आग्रह
_x000D_देवकोटाको चुरोट खाने व्यक्तिगत आदत खराब भएको र त्यही कारणले उनी ५० वर्षकै उमेरमा बितेको भन्दै प्रधानमन्त्री ओलीले सङ्ग्रहालयमा उनका चुरोटका ठुटाबाहेक अन्य प्रेरणात्मक पक्षहरु समावेश गरिने सुनाए। साथै उनले चुरोट खाएर स्वास्थ्य बिगारिरहेका कोही स्रष्टा भएमा आजैदेखि देवकाटोलाई साक्षी राखेर चुरोटको अम्मल त्याग्न आग्रह पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।