गुराँसले हेरिदेऊ आज
_x000D_नील गगनले हेरिदेऊ
_x000D_कसरी फैलिरहेछ इन्द्रेणी
_x000D_मेरो ललाटभरी...
_x000D__x000D_
हेरीदेऊ न एकफेर
_x000D_अत्यासलाग्ने भीरजस्तो
_x000D_मेरो निधारमा पनि
_x000D_लर्कियो इन्द्रेणी
_x000D__x000D_
यी कान
_x000D_कोरस र हल्लाले पाकिसकेका थिए
_x000D_ए सुनिदेऊ न आज
_x000D_कसरी आँगनमै गुञ्जिरहेछ स्नेहको
_x000D_भैली र देउसी
_x000D__x000D_
बाटो भुलेर पनि
_x000D_कोही नआइपुग्ने यो आँगन
_x000D_आज आकाशको झिलिमिलि पाएर दंग छ
_x000D_अँध्यारोले खाइसकेका सपनाहरूबीच पनि
_x000D_आज नौलो–नौलो उमङ्ग छ
_x000D_किनकि
_x000D_फर्केर आएको छ शरद्
_x000D_लिएर धरामा इन्द्रेणी उत्सव।
_x000D__x000D_
००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।