धनगढी– कैलाली प्रहरीले धनगढीको छुट्टाछुट्टै स्थानबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ।
_x000D__x000D_
प्रहरीले धनगढी उपमहानगरपालिका–३ बाट ९ जना र वडा नम्बर १ बाट ११ जना गरी २० जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ।
_x000D__x000D_
प्रहरीले वडा नम्बर ३ को जुवा खालबाट १ लाख २९ हजार १ सय ३५ र वडा नम्बर १ बाट १ लाख ४५ हजार ७ सय १० गरी कुल २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँ बरामद गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरक्षिक हरिप्रसाद वलीले बताए।
_x000D__x000D_
पक्राउ परेकालाई प्रहरीले हिरासतमा राखेको र उनीहरुमाथि जुवा कसुरअन्तर्गत कारबाही गरिने प्रवक्ता वलीले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।