कैलाली– नेपाल प्रहरीले तिहारका बेला शान्ति सुरक्षाको अवस्था बलियो बनाउन विशेष अपरेसन चलाएको जनाएको छ। चाडबाडका बेला हुनसक्ने झैझगडा, कुटपिट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले कैलालीमा विशेष गस्ती टोली परिचालन गरेको जनाएको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय, कैलालीले शान्ति सुरक्षालाई दृष्टिगत गरी तिहार अवधिभर देउसीभैलो खेल्ने समय निर्धारण गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरक्षिक हरिप्रसाद वलीका अनुसार राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ। देउसीभैलोको नाममा हुनसक्ने कुनै पनि किसिमको गलत कार्य रोक्न प्रहरीले विशेष टोली पनि परिचालन गरेको जनाइएको छ।
_x000D__x000D_
प्रहरी नायव उपरीक्षक वलीले अबेर रातिसम्म देउसीभैलो खेल्दा अरूलाई बाधा पुग्नसक्ने तथा कतिपय अवस्थामा झैझगडा र आपराधिक घटना हुनसक्ने भएकाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको बताए।
_x000D__x000D_
कैलाली प्रहरीले तिहारमा पटाका, भुइचम्फा लगायतका अति प्रज्ज्वलनशील तथा विष्फोटक पदार्थको प्रयोग नगर्न पनि आग्रह गरेको छ। ‘यस्ता प्रकारका विष्फोटक पदार्थका कारण भौतिक तथा मानवीय क्षति निम्त्याउन सक्छ,’ कैलाली प्रहरीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु बालिने भएकाले विशेष सजग रहन पनि आम नागरिकमा आग्रह गरिन्छ।’
_x000D__x000D_
प्रवक्ता वलीले भुइचम्फा, पटाका लगायतका विष्फोटक तथा अति प्रज्ज्वलनशील पदार्थ नेपाल प्रवेश गर्न नपाओस् भन्दै नेपाल–भारत सिमानाकामा गस्ती बढाइएको जानकारी दिए।
_x000D__x000D_
त्यस्तै, कैलाली प्रहरीले जुवातास नखेल्न तथा मादक पदार्थ सेवन लगायतका क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ।
_x000D__x000D_
प्रहरीले मदिरा सहितका लागूपदार्थ सेवन गरी देउसीभैलो खेल्ने तथा सवारी साधन चलाउने प्रवृत्ति निरुत्साहित गर्न पनि सक्रियता बढाएको जनाएको छ। कैलाली प्रहरीले दसैं अघि बनाएको चाडपर्व लक्षित सुरक्षा योजनालाई पनि यथावत राखेको जनाएको छ।
_x000D__x000D_
उता ट्राफिक प्रहरीले तिहारको अवधिमा सामान्य भन्दा बढी मात्रामा मापसे चेकजा“च हुने स्पष्ट गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।