काठमाडौं– हास्य कलाकार जितु नेपालको नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरुले रुचाएका छन्। कार्यक्रमको पहिलो शृंखला सोमबार नेपाल टेलिभिजनमार्फत प्रसारण भएको थियो।
_x000D__x000D_
त्यसलगत्तै सामाजिक सञ्जाल युट्युबमा पनि सार्वजनिक भएको थियो। ‘मुन्द्रेको कमेडी क्लब’ अहिले नेपालका लागि युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा छ।
_x000D__x000D_
आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो शृंखलाको भिडियोलाई यो समाचार तयार पार्दासम्म ४ लाख १० हजार ३ सयभन्दा धेरैपटक हेरिसकिएको छ।
_x000D__x000D_
कार्यक्रममा अध्यक्षको भूमिकामा सफल निर्मात्री एवम् हास्यकलाकार दीपाश्री निरौला रहेकी छिन्। कार्यक्रमको पहिलो शृंखलामा हास्यकलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीलाई निम्त्याइएको थियो। कार्यक्रममा हास्य रस मिसाउनको लागि जितु र दीपालाई हास्यकलाकारहरु राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेर राईले साथ दिएका थिए।
_x000D__x000D_
रवि श्रेष्ठको निर्देशनमा तयार भएको कार्यक्रमको कार्यकारी निर्देशकको रुपमा माधव कार्की छन्। यस्तै श्रृंखला निर्देशकको जिम्मेवारी कलाकार निरज नेपाललाई दिइएको छ। कार्यक्रमको कार्यकारी निर्माता रवीन्द्र कुमार रिजाल (शशी) हुन्।
_x000D_भिडियाे:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।