काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अर्को वर्ष वृद्धभत्ता बढाउने बताएका छन्। राज्यको ढुकुटीमा १ सय ५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले वृद्धभत्ता बढाउन नसकिएको उनले दुःखेसो पोखे।
_x000D__x000D_
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा बुधबार बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने 'तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौं।'
_x000D__x000D_
यसका साथै उनले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताएका छन्। यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने उल्लेख गरेका थिए।
_x000D__x000D_
मन्त्री बाँस्कोटाले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताए। सरकारले अर्को वर्ष सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको उनले उल्लेख गरे।
_x000D__x000D_
मन्त्री बाँस्कोटाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिए पनि ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई एक लाखसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको दाेहोर्याए।'राज्यको खाली ढुकुटी हाम्रो हातमा पर्यो, कर छली गर्नेलाई करको दायरामा ल्याएर यसलाई भर्ने काम गर्दैछौँ, यसकारण अर्को वर्ष वृद्धभत्ता बढ्छ' उनले भने। विगतका संरचनामा सामाजिक सुरक्षा भत्ताको लगत राम्रो नभएकाले यस वर्षदेखि लगत चुस्तदुरुस्त बनाइने उनले दाबी गरे।
_x000D__x000D_
जिल्लाको महाभारत पर्वत शृङ्खलाअन्तर्गत पनौतीको लाँकुरी भञ्ज्याङदेखि भीमखोरीको घ्याङडाँडासम्म पर्यटकमार्ग तथा नेपालको उत्तरी हिमशृङ्खला अवलोकनका लागि तीन स्थानमा टावर निर्माण गरिने उनले उल्लेख गरे। 'पर्यटकीय क्षेत्र भएपछि हुने आम्दानीले सुखी नेपाली समृद्ध नेपालको योजनामा केही सहयोग पुग्छ,' उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।