भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ की देवी वाग्लेलाई सयपत्री फूल टिप्न भ्याइ–नभ्याई छ।
_x000D__x000D_
तिहारमा अत्यधिक मात्रामा प्रयोग हुने सयपत्रीकाे उत्पादनले उनकाे अायस्राेत समेत बलियाे बनाएकाे छ।
_x000D__x000D_
वार्षिक करोडौं रुपैयाँको सयपत्री फूल भारतबाट आयात भइरहेका बेला तिलोत्तमा–१६ को वेहुलीमा व्यावसायिक फूल खेती गरिएको थियो।
_x000D__x000D_
व्यावसायिक रुपमा सुरु गरिएको फूल फूलेपछि स्थानिय दिनभरी फूल टिप्न र बेच्नमा नै व्यस्त छन्।
_x000D__x000D_
_x000D__x000D_
८ जना महिलाको सहभागितामा कृषि समूह स्थापना गरेर एक बिगाह क्षेत्रफलमा गरिएको फूल खेती हाल निकै मौलाएको छ।
_x000D__x000D_
स्थानिय जनप्रतिनिधिले फूल खेतीका लागि दिएको जग्गामा उनीहरूले अहिले फूल फुलाएको बताएका छन्।
_x000D__x000D_
व्यावसायिक फूल खेतीमा सहभागी महिला वाग्लेले भारतीय फूलको आयातलाई रोक्न तथा प्रदेश नम्बर ५ लाई सयपत्रीबाट आत्मनिर्भर बनाउन व्यवसायिक रुपमा खेती गरिएको बताइन्।
_x000D__x000D_
भारतबाट आउने फूल गुणस्तरहीन हुने गरेको उनको अनुभव छ।
_x000D__x000D_
‘फूलमा केमिकलको प्रयोग गरिएका कारण फूलको दाग कपडामा लागे कपडा पूरै खराब हुन्थ्यो,’फूल खेती गर्नुको कारण खोल्दै वाग्लेले भनिन्, ‘त्यसैले हामी मिलेर व्यवसायिक फूल खेतीमा लाग्यौँ।’
_x000D__x000D_
_x000D__x000D_
उनले आफूहरुले उत्पादन गरेको फूलमा कुनै पनि विषादी प्रयोग नगरेको दाबी गरिन्।
_x000D__x000D_
आगामी दिनमा व्यवसायिक फूल खेतीमै रमाउने बताएकी वाग्लेले अब तीन बिगाहमा पनि यही खेतीको सुरुवात गर्ने बताइन्।
_x000D__x000D_
फूल खेतीका लागि बिरुवा काठमाडाैं र चितवनबाट ल्याइने गरिएको छ। वाग्लेले पहिलो पटक १५ सय बिरुवा रोपेकी थिइन्।
_x000D__x000D_
तर, यसवर्ष अलि बढी पानी परेका कारण केही बिरुवा मरेर नोक्सान समेत भएको बताइन्।
_x000D__x000D_
_x000D__x000D_
‘यस खेतीलाई प्रदेश तथा स्थानीय सरकारले सहयोग नगरेपनि सहानुभूति देखाएको छ,’ वाग्लेले भनिन्।
_x000D__x000D_
उनले तिहारमा मात्रै २ हजार ५ सय देखि ३ हजार थान माला बिक्री हुने अपेक्षा राखिएको बताइन्।
_x000D__x000D_
रुपन्देहीलाई आवश्यक पर्ने सयपत्रीको व्यवसायिक खेती नभएका कारण फूल खरिदका लागि लाखौं रुपैयाँ नेपाली मुद्रा भारत गएको छ।
_x000D__x000D_
फूल तिहारमा मात्र नभई विभिन्न ग्रामिण क्षेत्रमा हुने मेला तथा महोत्सबमा पनि आवश्यक पर्छ।
_x000D__x000D_
_x000D__x000D_
त्यस्ता कार्यक्रममा अत्यधिन फूल आवश्यक पर्ने हुनाले गरिएको उत्पादन खेर नजाने व्यावसायीको भनाइ छ।
_x000D__x000D_
आगामी मंसिर ६ देखि १८ गतेसम्म आयोजना हुने तिलोत्तमा व्यापार मेलाले पनि उत्पादित फूलको प्रयोग गरी व्यावसायलाई प्रवर्द्धन गर्ने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए।
_x000D__x000D_
_x000D__x000D_
५ नम्बर प्रदेशमै पहिलो पटक बाझो खेतमा एक बिगाह क्षेत्रफलमा फूलको व्यवसायिक खेती गरेका महिलाहरुले आगामी दिनमा गुलाव लगायत अन्य प्रजातीका फूलहरुको पनि व्यवसायिक खेती गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।