काठमाडाैं– पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको नयाँँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन्।
_x000D__x000D_
प्रदर्शनमा आएको फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ पछि साम्रज्ञी अब बन्ने नयाँ फिल्ममा अनुबन्धित भएकी हुन्। यस अघि फिल्ममा अभिनेत्री दीपिका प्रसाईको अभिनय रहने चर्चा चलेको थियो।
_x000D__x000D_
तर, अन्तिम समयमा भने फिल्मका लागि साम्रगीले दीपिकालाई ओभरटेक हानेकी हुन्।
_x000D__x000D_
यस सम्बन्धमा फिल्मकी निर्माता पुनम गौतम क्षेत्रीले यस अघि दिपिकासँग फिल्म गर्ने कुरा भएपनि आफ्नो पहिलो रोजाईमा सामज्ञीनै रहेको प्रस्ट्याएकी छन्।
_x000D__x000D_
यता फिल्ममा अनुबन्धित हुन नसकेकी दीपिका भने भर्खरै इन्गेजमेन्ट गरेका निर्देशक दिवाकर भट्टराईसँग थाइल्याण्ड भ्रमणपछि नेपाल फर्किएकी छन्।
_x000D__x000D_
उक्त समय दिपिकाले फिल्म निर्माण युनिटलाई कुनै जानकारी समेत नगराएको फिल्मक निर्माता पनुमको भनाइ छ।
_x000D__x000D_
नवल नेपालको निर्देशन रहने उक्त फिल्ममा साम्रज्ञीसँगै अभिनेता पुष्प खड्काको अभिनय रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।