काठमाडौं– फिल्म ‘सुश्री सम्पत्ति’को दोस्रो गीत सार्वजनिक भएको छ।
_x000D__x000D_
तिहारको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी फिल्ममा समावेश आइटम गीत ‘झुम्की’ सार्वजनिक भएको हो। सार्वजनिक गीतमा प्रियंका कार्की, सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।
_x000D__x000D_
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की बोल्ड अवतारमा प्रस्तुत छिन्। सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा मिना निरौला र राजन इशानकाे स्वर सुन्न सकिन्छ। सुव्रतराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिमन्यू निरवीको पटकथा रहेको छ।
_x000D__x000D_
सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा प्रियंका भने अतिथि भूमिकामा मात्र रहेकी छन्।
_x000D__x000D_
फिल्म मंसिर २८ गतेबाट प्रदर्शनमा आउने छ।
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।