लक्ष्मीपूजामा सरस्वतीकाे
_x000D_दूत बनेर अायाै
_x000D_सुक्खा-बञ्जर बस्तीहरुमा
_x000D_सिर्जनाकाे सुनामी ल्यायाै
_x000D_ताराहरुका बीचमा एक्लाे
_x000D_जून बनेर उदायाै
_x000D__x000D_
प्रकृतिका पुजारी रहेछाै
_x000D_झरनाकाे झंकार भएछाै
_x000D_मानवताकाे गीत गाएर
_x000D_ईश्वरलाई पनि माेहनी लाएछाै
_x000D__x000D_
दृश्यहरुकाे स्वाद लिएर
_x000D_अावाजलाई पनि अाकार दिएर
_x000D_विद्वेषले फाटेका मनहरु
_x000D_जाेड्याै प्रेमकाे धागाेले सिएर
_x000D__x000D_
मान्छेहरुलाई मान्छे चिनाएर गयाै
_x000D_मान्छे हुनुकाे मजा दिलाएर गयाै
_x000D_देवताहरुसँग सापटी लिएर
_x000D_मान्छेहरुलाई अमृत पिलाएर गयाै।
_x000D__x000D_
(थलारा, बझाङ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।