पोखरा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले अब जनताले देख्नेगरी काम गर्ने बताएका छन्।
_x000D__x000D_
पोखरामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीको ध्यान ०७५ असोज ३ भित्र बनाइसक्नुपर्ने कानुन निर्माणमा केन्द्रित गर्नु परेकाले प्रभावकारी काम हुन नसकेको बताए। तर, ऐतिहासिक र रणनीतिक पूर्वाधार बनाउने कुरामा सरकार र पार्टी सफल भएको उनले दाबी गरे।
_x000D__x000D_
'विकासको पूर्वाधार निर्माण गर्ने, छिमेकीहरुसँगको सम्बन्धलाई सन्तुलित र विकसित गर्ने कुरामा ऐतिहासिक महत्त्वका निर्णय भएका छन्। प्रगति भएका छन्', उनले भने।
_x000D__x000D_
कम्युनिस्टको यत्रो बलियो सरकार भएपछि जनताले पनि तुरुन्तै परिवर्तन खोजेको प्रचण्डले बताए। 'खाल्डाखुल्डी पनि तुरुन्तै पुरियोस्, पिच पनि तुरुन्तै होस्, मूल्य पनि घटिहालोस् भन्ने चाहना जनताको तहमा छ', उनले भने, 'वर्षामा खाल्डाखुल्डी पुर्ने कुरा सजिलो रहेनछ। वर्षा गयो, अब गियर बदल्ने समय आएको छ। मलाई लाग्छ, सरकारले गियर बदल्दै छ। अब जनताले देख्नेगरी कामहरु हुन्छन्।'
_x000D__x000D_
नेतृत्व तहमा सरकारको काम र पार्टी एकता सम्बन्धी कामहरुको समीक्षा सुरु भइसकेको प्रचण्डले जानकारी दिए। उनले कम्युनिस्ट पार्टीले जे उद्देश्य राखेर जनताको अगाडि पुगेको थियो, त्यो पूरा हुने बताए।
_x000D__x000D_
प्रचण्डले प्रदेश असफल भयो भने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पनि असफल हुने बताए। 'सम्पूर्ण परिवर्तन असफल हुन्छ', उनले भने।
_x000D__x000D_
प्रचण्डले प्रदेश सफल बनाउने कुरा महत्त्वपूर्ण भएको बताए। उनले संविधानले प्रदेश सरकारलाई प्रभावकारी सरकारको रुपमा परिकल्पना गरेको बताए। 'तर राजनीतिक नेतृत्व र लामो समयदेखि स्थायी सरकारको रुपमा काम गर्ने कर्मचारी नेतृत्वको बुझाइमा एकरुपता आइसकेको छैन', उनले भने।
_x000D__x000D_
'दुनियाँमा ठूलठूलो राजनीतिक परिवर्तन र सिस्टम परिवर्तन भयो भने ब्युरोक्रेसीको एउटा लेयरलाई हटाइन्छ। जुन लेयरले त्यो परिवर्तन नआओस् भन्ने भूमिका खेलेको थियो, त्यसलाई हटाइन्छ। र, नयाँ सिस्टमप्रति लोयल हुनेहरुलाई प्रमोट गरिन्छ', प्रचण्डले भने, 'हाम्रोमा त्यस्तो चलन छैन। त्यस्तो भएन। जनताले नयाँ सिस्टम ल्याउँछन्। तर त्यसलाई कार्यान्वयन गर्ने तन्त्रचाहिँ पुरानै रहन्छन्। मान्छे पुरानै रहन्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।