काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहका चिकित्सक डा श्यामबहादुर पाण्डेको निधन भएको छ। ७ वर्षदेखि दुवै मिर्गौला फेल भएका वरिष्ठ चिकित्सक पाण्डेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो। उनको मंगलबार राति साढे ८ बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
_x000D__x000D_
मिर्गौला फेल भएका पाण्डेको मस्तिस्कघात भएको थियो। उनी पछिल्लो ५ दिनयता बयोधाको आइसियूमा उपचाररत थिए।
_x000D__x000D_
केही दिनअघिसम्म बिरामीको उपचारमा सक्रिय थिए पाण्डे। मिर्गौला फेल भए पनि आफ्नो उपचार गराउँदै अरुको उपचार गर्दै हाँसिरहेका भेटिन्थे।
_x000D__x000D_
उनले सन् १९६३ मा एमबिबिएस पास गरेका हुन्। उनी राजपरिवारका सदस्यको चिकित्सकसमेत थिए।
_x000D__x000D_
सेनाका चिकित्सकका रुपमा २७ वर्ष काम गरेका उनले तत्कालीन अधिराजकुमार हुँदै ज्ञानेन्द्रको चिकित्सकका रुपमा काम गरेका थिए। तर, शाही चिकित्सकको उपाधिलाई उनी गर्वको विषय बनाउन चाहँदैन थिए।
_x000D__x000D_
पूर्वराजा ज्ञानेन्द्रको चिकित्सकको रुपमा उनले २४ वर्षसम्म उपचार सेवा दिएका थिए।
_x000D__x000D_
डा पाण्डेका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।
_x000D__x000D_
काठमाडौंको डिल्लीबजारमा जन्मे–हुर्केका डा पाण्डेका पिता जितबहादुर पाँडे नेपाली सेनाका अधिकृत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।