काठमाडौैं- हेलिकप्टर कम्पनीले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले नयाँ भाडादर निर्धारण गरेको छ। निश्चित मापदण्ड नभएकै कारण हेलिकप्टर कम्पनीहरुले मनलागी भाडा उठाएको विषय उठेपछि सरकारले भाडादर निर्धारण गरेको हो।
_x000D__x000D_
पर्यटक खोज तथा उद्धारका लागि कम्पनीले मनलागी भाडा उठाएको भन्दै सरकारले केही महिनाअघि केही कम्पनी, ट्राभल एजेन्सी र अस्पताललाई कारबाही गर्न पत्र पठाएको थियो।
_x000D__x000D_
सरकारले केही समय पहिले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा हेलिकप्टरको भाडादर निर्धारण गरिएको नेपाल पर्यटन विभागले जानकरी दिएको छ। पर्यटन विभागले हेलिकाेप्टर व्यवसायीसँगकाे छलफल र नेपाल नागरिक उड्यन प्राधिकरणसँग समन्वय गरी भाडा ताेकेकाे हाे।
_x000D__x000D_
कहाँका लागि कति, सूची हेर्नुहोस्
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।