पोखरा- मध्यक्रमका ब्याट्सम्यान रवि इन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल भिडन्तमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।
_x000D__x000D_
पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ। चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ।
_x000D__x000D_
चितवन राइनोजका अलराउन्डर सनी पटेल उत्कृष्ट खेलाडी बने। उनले प्रतियोगितामा ७ इनिङमा १ अर्धशतकसहित १ सय ९४ रन जोडेका थिए। यस्तै उनले १० विकेट लिन सफल भए।
_x000D__x000D_
चितवन राइनोजकै तीव्र गतिका बलर करण केसी प्रतियोगिताको उत्कष्ट बलर घोषित भए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने क्रमा ७ इनिङमा १२ विकेट लिए।
_x000D__x000D_
यता हुलास काठमाडौं रोयल्यसका गौरव तोमार उत्कृष्ट ब्याट्सम्यान भए। २ अर्धशतक प्रहार गरेका तोमारले प्रतियोगितामा सबैभन्दा बढी ६ इनिङमा २ सय १२ रन जोडेका थिए।
_x000D__x000D_
प्लेयर अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर भएका तीनै जनालाई सुजुकी मोटरबाइक प्राप्त गरे।
_x000D__x000D_
फाइनलमा चितवन राइनोजलाई ३ विकेटले हराएर च्याम्पियन बनेको पोखरा पल्टनका तीव्र गतिका बलर रासिद खान इमर्जिङ खेलाडी भए। उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो। पोखराकै स्पिनर ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी भए। उनलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरियो।
_x000D__x000D_
फोटोफिचर :
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।