काठमाडाैं–तिहार सुरु भएसँगै असन बजारमा फूल किनमेलको चहपहल बढ्दो छ।
_x000D__x000D_
सर्वसाधरणका लागि किनमेलको मुख्य गन्तब्य मानिने असनमा फूलहरू लस्करै सजाइएका छन्। छानी छानी फूल किन्नेको घुइँचो छ।
_x000D__x000D_
व्यापारीहरू तिहारमा फूल बिक्रीको उपयुक्त बजार असनलाई नै ठान्छन्। यतिबेला उपत्यका बाहिरका व्यापारी पनि फूल बिक्रीका लागि आउने गर्छन्।
_x000D__x000D_
दोलखाबाट आएका उमेश गुरुङ काग तिहारको अघिल्लो दिन असन छिरेका हुन्। अहिले उनी सर्वसाधारणको भिडलाई पन्छाउँदै फूल बेच्नमा व्यस्त छन्।
_x000D__x000D_
_x000D__x000D_
उसो त उमेश तिहारमा मात्र फूलको व्यापार गर्दैनन्। आफ्नो गृह जिल्ला दोलखा,मेलुङ गाउँपालिकामा ५ रोपनी जग्गामा उनी फूल व्यवसाय गर्दैै आइरहेका छन्।
_x000D__x000D_
उनी एक मुठ्ठा सयपत्री बराबर १० रुपैयाँ लिन्छन्। तर, लामो सयपत्री मालाको भने चालीस रुपैयाँ लिन्छन्। त्यसैगरी उनको फूल पसलमा मखमली मालाको भने ७० रुपैयाँदेखि २ सय रुपैँयासम्म पर्छ।
_x000D__x000D_
पहिलो दिनको व्यापार खासै उत्साहजनक नभए पनि अन्य दिनको व्यापारमा उनी सन्तुष्ट छन्। तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष भने कम व्यापार भएको उमेशको अनुमान छ।
_x000D__x000D_
यसवर्ष उपभोक्तासँगै फूल व्यापारी पनि बढेकाले व्यापारमा पहिले भन्दा कमी आएको उनको आंकलन छ।
_x000D__x000D_
उमेश गुरुङ झैं फूल बेच्नमा व्यस्त देखिन्छिन् असनकी सरिता मगर। उनी पनि बाह्रै महिना फूलको व्यवसाय गर्छिन्। तर, तिहारमा गरिएको फूलको व्यापार वर्षभरीकै विशेष लाग्छ सरितालाई।
_x000D__x000D_
_x000D__x000D_
त्यसैगरी बजारमा फूल बेच्दै गरेकी अर्की महिला भेटिन्छिन् रोहीनी खड्गी। तर उनको फूल भने भिन्न छ। सरिताले जस्तो खेती गरेर फूलाएको फूल उनी बेच्दिनन्। उनी कपडाबाट बनेको रेडिमेड फूल बेच्छिन्।
_x000D__x000D_
_x000D__x000D_
उनी प्रतिमाला ३० देखि १ सय ५० रुपैयाँसम्म लिन्छिन्। तर, उनी पनि अन्य वर्षभन्दा यस वर्ष फूलको व्यापार कम भएको ठान्छिन्। भन्छिन् ‘यो वर्ष अघिल्लो वर्षभन्दा कम व्यापार छ।’ अघिल्लो वर्षभन्दा यस वर्ष व्यापारी बढेको हुनाले व्यापारमा कमी आएको उमेशको झैं उनको आंकलन छ।
_x000D__x000D_
तिहारको दोस्रो दिनमा व्यापार भने सन्तोषजन नै भएको व्यवसायीको अुनमान छ।
_x000D__x000D_
नेपालमा भारतलगायत अन्य राष्ट्रबाट वर्षेनी लाखौं मूल्य बराबरको फूल आयात हुने गर्छ। अघिल्लो वर्ष तिहारको समयमा मात्र १ लाख ५० हजार माला आयात गरिएको नेपाल पुष्प व्यवसायी महासंघका उपाध्यक्ष मिनबहादर लामा बताउँछन्।
_x000D__x000D_
_x000D__x000D_
यसपाली तिहारका लागि भारतबाट ६० लाख मूल्य बराबरको दुई लाख सयपत्री माला भित्रिएको लामाको भनाइ छ।
_x000D__x000D_
पछिल्लो समय नेपालमै ८२ प्रतिशत फूल उत्पादन हुँदै आएका छन्। जसमा १८ प्रतिशतमात्र छिमेकी मुलुकबाट आयात गर्दै आएको लामा बताउँछन्।
_x000D__x000D_
उनी भन्छन् ‘नेपालमा फूलको आयात मात्र नभएर गत वर्ष नेपालले ३१ करोड बराबरको फूल निर्यात गरेको छ।’
_x000D__x000D_
यस वर्ष मुलुकभर तिहारमा मात्रै ११ लाख बराबरको फूलको माला खपत हुने नेपाल पुष्प व्यावसायी महासंघको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।