२० लाख पर्यटक भित्र्याउनु मेरा लागि चुनौती होइन : सुरज वैद्य [अन्तर्वार्ता]

Nepal Live

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ अर्थात् ‘भिजिट नेपाल २०२०’ को रुपमा मनाउने घोषण गरेको छ। यो अभियानमा २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य सरकारको छ। यो अभियान सफल पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय संयोजकको रुपमा व्यवसायी सुरज वैद्यलाई नियुक्तिसमेत गरिसकेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष र नेपाल सार्क चेम्बर अफ कर्मसका अध्यक्षसमेत भइसकेका उनै वैद्यसँग ‘भिजिट नेपाल अभियानको सेरोफेरोमा केन्द्रित भएर नेपाल लाइभका दुर्गा दुलाल र उत्तम काप्रीले गरेको कुराकानीको सम्पादित अंश :

'भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजक नियुक्त हुनुभएको छ। यो अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ?
यो अभियानलाई सबैको सहभागिता र समन्वयमा अघि बढाउने सोच बनाएको छु। यसको उद्देश्यलाई मैले अलिक फरक ढंगबाट पनि हेरेको छु। हरेक कार्यक्रमले समय र परिवेश अनुसार ‘स्पेस’ लिएको हुन्छ। हामी पनि सोही अनुसार अघि बढ्ने हो, आइपर्ने समस्यालाई चिर्दै जाने हो। ‘भिजिट नेपाल’को अभियान आगामी १० वर्षको नेपालको पर्यटन र विकास तथा समग्र अर्थतन्त्रमा केन्द्रित छ। 
 
हामीले खालि सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने लक्ष्यमा जोड दिएका छौं। यो त एउटा अभियान हो, जसमा व्यवस्थापनको विषय जोडिन्छ, जुन बडो सजिलो छ। मेरो लक्ष्यचाहिँ नेपालको सन्दर्भमा अहिले लगानी भित्र्याउन आवश्यक छ। नयाँ गन्तव्यको विकास गर्न आवश्यक छ। बेरोजगार युवालाई रोजगारी दिलाउनुछ। यो नै महत्वपूर्ण विषय हो। पर्यटन भनेको यस्तो क्षेत्र हो, जसले यी तीनै क्षेत्रलाई एकैसाथ अघि बढाउन सक्छ। 
 
सबैभन्दा पहिले त लगानी भित्र्याउनुछ, अहिले आइरहेको लगानी अत्यन्त न्यून छ। अहिले नेपाल एउटा सस्तो गन्तव्यको रुपमा बिक्री भइरहेको छ। भुटान, लाओस, थाइल्यान्ड कहाँ पुगिसकेका छन्? हामी कहाँ छौं? यसले गर्दा हामी सस्तो मुलुकका रुपमा अघि बढिरहेका छौं। हामीले नेपालको ‘भ्यालु’ नबुझेको हो कि भन्ने आभास भएको छ। संसारकै सर्वोच्च शिखर नेपालमा छ। बुद्धको जन्मथलो, सीताको भूमिजस्ता महत्वपूर्ण स्थान हुँदाहुँदै पनि हामीले यस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य बिक्री गर्न सकेका छैनौं। 
 
यसका लागि सबैभन्दा पहिला नेपालको ‘ब्रान्डिङ’मा सुधार ल्यानुपर्छ। नेपाललाई कसरी विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ भन्नेमा हामीले जोड दिनुपर्छ। 

ब्रान्डिङका लागि सामाजिक सञ्जाललाई नै अधिकतम उपयोग गर्ने हो। पुरानै शैलीमा टेलिभिजनमार्फत नै नेपालको प्रचार गर्दा त पर्यटनलाई विनियोजित बजेट नै पुग्दैन।

भिजिट नेपाल २०२० अभियान व्यवसायीका लागि मात्र होइन, यसले जनतालाई प्रत्यक्ष रुपमा जोड्न सक्नुपर्छ। उदाहरणका लागि ट्राभल/ट्रेकिङ एजेन्सी, एयरलाइन्स कम्पनीको व्यापार बढाउने, होटल भरिभराउ गर्न मात्र खोजको होइन। सम्रगमा जनताले फाइदा लिन सक्ने र नेपाललाई विश्वमै एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनेतर्फ यो अभियान केन्द्रित हुनेछ। म यही उद्देश्यका साथ अघि बढ्छु। 
 
क्रिकेट दक्षिण एसिया क्षेत्र (सार्क) मा सबैभन्दा चर्चित खेलको रुपमा विकास भएको छ। भारत र पाकिस्तानबीच यो खेल दुवै देशमा हुँदैनन्, तर दुबई लगायतका सहरमा भइरहेका छन्। यो खेल हामीले नेपालमा खेलाउन किन नसक्ने? यदि भारत र पाकिस्तानको क्रिकेट खेल यहाँ आयोजना गर्न सकेको खण्डमा नेपाल एउटा गन्तव्यको रुपमा विकास हुन सक्छ। 
 
अहिले हामीसँग रहेको ‘ज्याजमाडौं म्युजिक’ छ। यसलाई भक्तपुर र काठमाडौंसहित उपत्यकामै किन विस्तार नगर्ने? 

आगामी विश्वकप फुटबल कतारमा हुँदैछ, यसका लागि नेपाली युवासमेतले रंगशाला बनाइरहेका छन्। अब नेपालले कतारसँग मिलेर एउटा फुटबल म्याच  गरेर ब्रान्डिङ गर्न सक्छ। 
 
भारतको उत्तरप्रदेश, विहार लगायत नजिकका क्षेत्रका हिन्दु धर्मावलम्बीलाई जनकपुर ल्याउन सके पनि हामीलाई २० लाख पर्यटक भित्र्याउन गाह्रो पर्दैन। 


 
तपाईंले ब्रान्डिङको कुरा गर्नुभो, नेपाल सरकारले पनि गन्तव्य प्रचारमा शैली परिर्वतन गरेर डिजिटलाइजेसनको नारासहित अगाडि बढेको छ। यसलाई अभियानसँग कसरी जोड्न सकिएला? 
नेपालको पर्यटन विकासमा ब्रान्डिङ नै सबैभन्दा महत्वपूर्ण पक्ष हो। यसका लागि पर्यटन क्षेत्रमा लामो सयमदेखि काम गरिरहनुभएका पर्यटन व्यवसायीहरूसँग पनि छलफलको तयारी गर्दैछु। 
 
हामीले ‘लाइफ टाइम एक्सपेरियन्स’ भनेका छौं। तर, यसलाई कसरी साकार बनाउने? मलाई बेला–बेलामा दुःख पनि लाग्छ। विदेशमा घुमेर आएपछि फेरि जाऊँजाऊँ लाग्ने अवस्था छ। तर, नेपालमा एक पटक घुम्न आएका पर्यटक फेरि त्यहाँ जान नपरोस् भन्ने सोच्दै बाहिरिएका छन्। 
 
नेपाल एक पटक नै जिन्दगीका लागि काफी छ भने भावना विदेशी पर्यटकमा छ। यस्तो अवस्थामा ‘लाइफ टाइम एक्सपेरियन्स’ कसरी ल्याउने त? यसका लागि पर्यटकलाई बुझाउनु जरुरी छ। तसर्थ, हामीले ब्रान्डिङमा सुधार ल्याउनुपर्छ। 

मेरो सबैभन्दा ठूलो आशा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ भन्ने छ। यो विमानस्थल सञ्चालनमा आउनासाथ काठमाडौं विमानस्थलको चापलाई त्यहाँ ‘डाइभर्ट’ गर्न सकिन्छ, यसले पनि धेरै सहजता थप्छ।

ब्रान्डिङका लागि सामाजिक सञ्जाललाई नै अधिकतम उपयोग गर्ने हो। पुरानै शैलीमा टेलिभिजनमार्फत नै नेपालको प्रचार गर्दा त पर्यटनलाई विनियोजित बजेट नै पुग्दैन। 
 
नेपाललाई माया गर्ने पर्यटकमार्फत नेपालको प्रचार गर्न सकेको खण्डमा यो अभियानलाई सफल रुपमा अगाडि बढाउन सकिन्छ। यसका लागि सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकले नेपाल त यस्तो एउटा मुलुक हो, जहाँ संसारमै नभएको उत्कृष्ट वस्तु पाइन्छ भनेर प्रचार गरिदिनुस् भन्ने अभियान चलाउन आवश्यक छ। 
 
सन् २०२० पर्खेर बस्ने होइन्, २०१८ को डिसेम्बरदेखि नै हामीले प्रचारप्रसार सुरु गर्नुपर्छ। यसका लागि नेपाल आउने पर्यटकले समयमा लगेज नपाउने, शौचालय जाँदा गन्हाउने लगायतका समस्याबाट मुक्त गराउनुपर्छ। विमानस्थलमा पाँचतारे होटलको जस्तो शौचालय किन नबनाउने? 
 
भन्न त मलाई लाज लाग्छ, तर नेपाली युवाहरू खाडी तथा मलेसियामा यही काम गर्न गइरहेका छन्। हामीले परिवर्तन एकै पटक ठूलोबाट होइन कि सानो कामबाट गर्नुपर्छ। यो दुई वर्षकै अवधिमा हामीले पूर्वाधार विकासमा बढी काम गर्न सक्ने अवस्था रहन्न। आम नेपाली नागरिक पनि यो अभियान हाम्रो हो भनेर लाग्नुपर्छ। यसका लागि नेपालीले हाँसे मात्रै पनि पुग्छ। नेपालमा आउने पर्यटक धनसम्पत्ति देखेर आएका होइनन्, नेपालीको आत्मीय भावना देखेर आएका हुन्। यो नै हाम्रो ब्रान्डिङको प्रमुख हतियार हो। विमानस्थल राम्रो हुँदैमा मात्रै हुने कुरा पनि होइन।

तपाईंले पूर्वाधारको विषयमा सकेको काम गर्ने हो भन्नुहुन्छ, यो अभियान पूर्वाधारसँग जोडिएको छैन?
म ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजक भएर आएको पनि केही दिन मात्रै भएको छ। मेरो सबैभन्दा ठूलो आशा लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ भन्ने छ। यो विमानस्थल सञ्चालनमा आउनासाथ  काठमाडौं विमानस्थलको चापलाई त्यहाँ ‘डाइभर्ट’ गर्न सकिन्छ, यसले पनि धेरै सहजता थप्छ। 
 
पोखरा विमानस्थलको विषयमा म त्यति ‘अपडेट’ त छैन तर यो विमानस्थल चीनले चाहेको खण्डमा ८ महिनामै बनाउन सक्छ। 

अमेरिकामा भन्दा नेपालमा जग्गा महँगो भइसकेको छ। होटेल खोलेर फाइदा लिन त्यहाँको स्थानीय सरकारले जग्गा लिजमा दिन सक्ने अवस्था छ कि छैन? स्थानीय सरकारले ५० वर्षका लागि होटल निर्माणमा जग्गा दिने सकेको अवस्थामा हामी लगानी भित्र्याउन सक्छौं।

यसबाहेक लुम्बिनी र काठमाडौं विमानस्थलले नेपाल प्रवेशका लागि सहज बनाउँछ। तर, प्रवेश विन्दुमा मात्रै सहज भएर हुन्न। हामीले भिसा प्रणालीमा पनि सुधार गर्नुपर्छ। 
 
हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको स्वागतमा विद्यार्थी समेतलाई उपयोग गर्न सक्छौं। नेपाल आउने पर्यटकलाई नेपालीपन प्रदर्शन गर्नुपर्छ। विमानस्थलबाट उनीहरू जाने गन्तव्यसम्म केही न केही दिनुपर्छ। यसको मतलब हामीले पूर्वाधारमा मात्रै नभएर आचरण र आतिथ्यमा पनि सुधार ल्याउनुपर्छ।  


 
पर्यटन क्षेत्रसँग जोडिएका सबै व्यवसायीमा हामीले पर्यटकलाई दुःख दिन हुन्न भन्ने बानी र आचरणको विकास गर्नुपर्छ। ठूलो परिर्वतलाई भन्दा पनि सानोसानो परिवर्तनबाट यो अभियानलाई सफल बनाउन सकिन्छ।

हामीले ठूलो उद्देश्य लिनुभन्दा पनि गर्न सक्ने र आवश्यक विषयमा मात्रै अगाडि बढ्नुपर्छ। हामीलाई नेपालको पूर्व र पश्चिममा एकएक वटा अन्तर्राष्ट्रिय वा तत्कालकै अवस्थामा क्षेत्रीय भए पनि विमानस्थल आवश्यक छ। अहिले सञ्चालनमा रहेको नेपालगन्ज, धनगढी र विराटनगर विमानस्थललाई कसरी सुधार गर्ने भने विषयमा पनि महत्वपूर्ण छ।  
 
यो अभियानको संयोजक हुनुअघि मैले संस्कृति, पर्यटन तथ नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीसँगको छलफलमा २० लाख पर्यटक ल्याउने विषय मेरा लागि चुनौती होइन भनेको छु। 
 
मैले ‘भिजिट नेपाल’ अभियानलाई लक्षित गर्दै ‘नेपाल टुरिजम इन्भेस्टमेन्ट समिट’  गर्ने सोच बनाएको छु। 
 
अहिले मुलुकभरका सात प्रदेशमा सम्भावना केके छन्, केके गर्न सकिन्छ, लगानी आएको खण्डमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल थालेको छु। 

आम्दानीका लागि लुम्बिनीको पानी किन बिक्री नगर्ने? जनकपुरको माटो सिता जन्मेको ठाउँको भनेर किन बिक्री नगर्ने? माटोलाई किन हामी एउटा कहानी नबनाउने?

लुम्बिनीकै कुरा गर्दा त्यहाँ होटल खोल्नका लागि जग्गा खरिद गर्न सक्ने अवस्था छैन। अमेरिकामा भन्दा नेपालमा जग्गा महँगो भइसकेको छ। होटेल खोलेर फाइदा लिन त्यहाँको स्थानीय सरकारले जग्गा लिजमा दिन सक्ने अवस्था छ कि छैन? स्थानीय सरकारले ५० वर्षका लागि होटल निर्माणमा जग्गा दिने सकेको अवस्थामा हामी लगानी भित्र्याउन सक्छौं। लगानी गर्नेबित्तिकै नाफा खोज्ने बानीले पनि यो क्षेत्रमा समस्या आएका छ। नेपालको पर्यटन साँच्चिकै विकास गर्ने हो भने ५० वर्षमा मैले एउटा होटल बनाएर सरकारलाई हस्तान्तरण गर्न सक्ने स्थिति हुनुपर्छ। 
 
नेपालको विकासमा पर्यटन नै प्रमुख आम्दानीको स्रोत भन्दै आएका छौं। तर, अर्थतन्त्रमा पर्यटनको हिस्सा अत्यन्तै न्यून छ। भिजिट नेपाल अभियानले अर्थतन्त्रमा योगदान गर्छ कि गर्दैन? 
अर्थतन्त्रमा पर्यटनको योगदान कसरी बढाउने भनने विषय अति नै महत्वपूर्ण छ। यसका लागि सर्वप्रथम पर्यटकीय गन्तव्यका हिसाबले नेपाल नै उत्कृष्ट गन्तव्य हो भनेर विश्व समुदायमा चिनाउन आवश्यक हुन्छ।
 
नेपालसँग हिमाल छ, ‘एडभेन्चर प्रोडक्ट’ इत्यादि छ भन्दैमा पुग्दैन। अहिले नेपाल आउने पर्यटकले दिनभरि घुमेर बेलुका सात बजेपछि गर्ने के भन्ने अवस्था छ, पोखरादेखि देशैभरि हामीसँग भएका गन्तव्यको अवस्था उस्तै छ। यसका लागि सयम बिताउने ‘प्रोडक्ट’ दिनुपर्छ। त्यसका लागि कुनै ठूलो काम गर्न पर्दैन, एउटा सानो ‘नाइट मार्केट’ खोल्दा पनि हुन्छ। ‘नाइट मार्केट’ स्थापनाको लागि म नेपाल उद्योग वाणिव्य महासंघको अध्यक्ष हुँदा नेसनल ट्रेडिङको स्वामित्वमा रहेको काठमाडौंको टेकुको २६ रोपनीभन्दा बढी जग्गालाई उपयोग गरौं भन्ने प्रस्ताव गरेको थिएँ। यो जग्गा निजी क्षेत्रलाई दिएर त्यहाँ ‘नाइट मार्केट’ बनाउन सकिन्छ। त्यहाँ नेपाली पहिचान झल्किने हस्तकला, स्थानीय खानाका परिकार लगायत राखेर ब्रान्डिङ गर्न सक्छौं। 
 
आम्दानीका लागि लुम्बिनीको पानी किन बिक्री नगर्ने? जनकपुरको माटो सिता जन्मेको ठाउँको भनेर किन बिक्री नगर्ने? माटोलाई किन हामी एउटा कहानी नबनाउने? 
 
हामीले पाँचतारे होटलको कुरा छोडेर किन गाउँ–गाउँमा जाने पर्यटकलाई बाटोमै खीर नबेच्ने? यस्ता गतिविधिले जनताको आयस्तर पनि बढ्छ। अहिलेका युवा कृषितर्फ त्यति धेरै आकर्षित हुन सकेका छैनन्। युवाको इच्छा अनुसार गतिविधिलाई अगाडि बढाउन सकियो भने अर्थतन्त्रमा पर्यटनको योगदान बढ्न सक्छ। यसका लागि हामीले मार्गनिर्देश गर्नु जरुरी छ। यस्तो सोच आजैबाट अघि बढाउनुपर्छ। सन् २०२० मा मात्रै यो काम सकिने होइन र बन्द हुने पनि होइन। यो त निरन्तर चलिरहने कार्यक्रम हो। ‘भिजिट नेपाल २०२०’ त एउटा आधार तय गर्ने माध्यममात्र हो। 

नेपालीले हाँसे मात्रै पनि पुग्छ। नेपालमा आउने पर्यटक धनसम्पत्ति देखेर आएका होइनन्, नेपालीको आत्मीय भावना देखेर आएका हुन्। यो नै हाम्रो ब्रान्डिङको प्रमुख हतियार हो।

सरकारको लक्ष्य अनुसार २० लाख पर्यटक भित्र्याउने कि गुणस्तरीय पर्यटक भित्र्याउने गरी अगाडि बढ्नुहुन्छ?
अहिले पर्यटक आगमनको कुरा संख्यमा केन्द्रित भएको छ। पर्यटन विकासका लागि संख्या मात्रै ठूलो कुरा होइन। हालसालै मैले मिडियाबाट सुन्दै आएको छु। जोमसोममा ट्राफिक जाम बढेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँ पुगी उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरे। यसमा पनि ब्रान्डिङको कुरा जोडिएको छ। तर, पूर्वाधारकै कारण अझै पनि हाम्रा मुक्तिनाथ जस्ता गन्तव्य ओझेलमा छन्। हामीसँग कुनै एउटा मात्रै प्रोडक्ड छैन। कुनै प्रोडक्टमा कम खर्च गर्ने पर्यटक आउला, कुनैमा बढी खर्च गर्ला। तर, हामीलाई अहिलेको अवस्थामा खर्चालु र गुणस्तरीय पर्यटक नै आवश्यक हो। भिजिट नेपाल २०२० को लक्ष्य नै यसका लागि आधार तय गर्नु हो। पर्यटन विकासका लागि सबै क्षेत्रलाई सँगसँगै जोड्नुपर्छ। मैले त ‘नेपाल इज दी लिभिङ एयर कन्डिसन कन्ट्री’को रुपमा लिएको छु। तर, हामीका समस्या छ। हामी त्यसको प्रचारमा पनि चुकेका छौं। यसका लागि सबैले आफ्नो स्तरबाट सकेको काम गर्नुपर्छ। सबै काम सरकारबाट हुन्छ भने आशामा पनि बस्नु हुन्न।

पछिल्लो सयम विदेशी पर्यटकमाथि भइरहेको अमानवीय कार्य र लुटलाई कसरी हेर्नुभएको छ?
नेपाल आउने पर्यटकमाथि केही व्यक्ति तथा संस्थाले धेरै छिटो नाफा कमाउने उद्देश्यले दुःख दिने गरको छन्। आजको भोलि नै धनी हुने मानसिकता परिवर्तन गर्नुपर्छ।

व्यवसायीमा एक वर्ष, दुई वर्ष, पाँच वा १० वर्षसम्म सेवा दिँदै नाफा आर्जन गर्ने सोचको विकास भएको अवस्थमा लुट तथा ठगीमा स्वत: नियन्त्रण हुन्छ। यसका लागि नै मैले नेपालीमा आचरण सुधार गर्न आवश्यक छ भन्दै आएको छु। 

स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले संघीय राज्य कार्यन्वयनसँगै पर्यटकसँग लिने विभिन्न नामका कर शुल्क बढाएको छ। यसले भिजिट नेपाल २०२० को अभियनामा नकारात्मक सन्देश त दिँदैन?
यस विषयमा सबै साथीहरुसँग बसेर छलफल गर्नुपर्छ। यसका लागि हामीले दुवै पक्षलाई हेर्नुपर्छ। निजी क्षेत्र पनि सोसियल अर्गनाइजेसन होइन। उसले नाफा खोजेकै हुन्छ। नाफासँगै उसले कर पनि तिर्नुपर्छ। हामीले सबैभन्दा पहिले सर्भिसमा सुधार गर्दै डिमान्ड बढाउनुपर्छ।

एउटा अमेरिकी पर्यटक नेपाल आउँदा एक रातका लागि उसले त्यहीँको ट्राभल एजेन्सी तथा विभिन्न संस्थालाई दुई सय डलर तिरेको हुन्छ। तर, नेपालमा त्यो पर्यटकले एक दिनमा ५० डलर मात्र खर्च गर्ने अवस्थामा आइपुग्छ। उनीहरुले हाम्रै प्रोडक्ट बेचेर आम्दानी गरिरहेका छन्। अब ५० डलरलाई एक सय डलरमा कसरी लैजाने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवस्था आएको छ। 

अहिले सञ्चालनमा रहेका र बन्दै गरेका अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइङ दुरी पाँच मिनेटजति होला। के हामीलाई पाँच मिनेटकै समयमा चार वटा विमानस्थल चाहिन्छ त? हामी किन सुदूरपश्चिम र सुदूरपूर्वमा क्षेत्रीय विमानस्थल बनाउँदैनौं?

यसका लागि हामीले हाम्रा प्रोडक्ट कसरी ब्रान्डिङ गर्ने भने कुरा आउँछ। सामान्यत आम्दानी अनुसार राज्यले तोकेको कर तिर्ने हो। राज्यले पनि आफ्नो आवश्यकता अनुसार कर तथा विभिन्न पर्यटकीय प्रोडक्टमा शुल्क तल-माथि गरिरहेको हुन्छ। 

नेपाल भ्रमणमा आउने विदशी पर्यटकलाई आन्तरिक हवाई यात्रामा नेपालीभन्दा तीन गुणा बढी शुल्क लिने गरिएको छ। यसको विषयमा पनि केही सोच्नुभएको छ?
जहाँसम्म हवाई शुल्कको कुरा छ। यो सरकारसँग भन्दा पनि हवाई कम्पनीहरुसँग सम्बन्धित छ। एयरलाइन्स कम्पनीहरुलाई पनि हवाई शुल्कको विषयमा त्यति धेरै सहजता भने छैन। यसका लागि सबैभन्दा पहिले एउटा निश्चित हवाई शुल्क तय हुन आवश्यक छ। यसमा सुरक्षादेखि सर्भिसको कुरा जोडिएको हुन्छ। यसका लागि उचित फेयर के हो भनी सरकारले उचित आधार तय गर्नुपर्ने आवश्यकता छ। सरकारले सय रुपैयाँ, दुई सय रुपैयाँ या पाँच सय भनी तय गर्नुपर्छ। सरकारले तय गरेको बेसमा निजी क्षेत्रले कति थपघट गर्न सक्छन् त्यो पनि हेर्नुपर्छ। नेपाल सरकारले पनि कतिपय ठाउँका लागि केही विषयमा अनुदान दिएको छ। नेपाल आउने पर्यटक किन सुदूरपश्चिम तथा पूर्व जाँदैनन् भन्ने विषय हवाई शुल्कसँग जोडिएको छ। किनकि नेपालगन्ज–काठमाडौंभन्दा बम्बई–दुबई, बंगलादेश–थाइल्यान्ड जान भाडा सस्तो जस्तो देखिएको छ। यसबाट किन यहाँ पर्यटक आउने भने प्रश्न खडा भएको छ। यसका लागि सबैभन्दा पहिले हवाई शुल्क महँगो हुनुको कारण अध्ययन हुन आवश्यक छ। मैले बुझे अनुसार नेपाल एयरलाइन्सले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा लिने शुल्क अति नै महँगो भएको सुनेको छु। यसमा कतिको सत्यता छ मैले अध्ययन त गरेको छैन। जसको कारण पनि हवाई शुल्क महँगो भएको कुरा सुन्ने गरेको छु। 

यो अभियानले नेपाललाई विश्वसामु चिनाउँछ, नेपालको अर्थतन्त्र मजबुत बनाउन सहयोग गर्छ र युवाले देशमै रोजगारी पाउन सक्छन् भन्ने अपेक्षा लिइएको छ। यही अनुसार अगाडि बढ्ने हो। यसरी काम गर्दैगर्दा कसैलाई फाइदा पनि हुन्छ र कसैलाई घाटा। 

काठमाडौं–पोखरा–चितवन–काठमाडौं रुट नै नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। यसलाई भिजिट नेपाल २०२० ले कसरी विकेन्द्रीकरणमा सहयोग गर्छ?
अहिले जति पनि विमानस्थल बनिरहेका छन् र विमानस्थल सम्भावनाको कुरा गरिरहको छौं यी सबैले पर्यटन विकासलाई विकेन्द्रीकरण गर्न सहयोग पुग्न सक्ने अवस्था मैले देखेको छैन। अहिले सञ्चालनमा रहेका र बन्दै गरेका अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइङ दुरी पाँच मिनेटजति होला। के हामीलाई पाँच मिनेटकै समयमा चार वटा विमानस्थल चाहिन्छ त? हामी किन सुदूरपश्चिम र सुदूरपूर्वमा क्षेत्रीय विमानस्थल बनाउँदैनौं? दिल्ली, उत्तर प्रदेश, विहारका पर्यटक सिधै धनगढी, नेपालगञ्ज वा सुर्खेत जान पाउने अवस्था किन नबनाउने? काठमाडौंमै आउनुपर्छ भने आधार के छ? विभिन्न देश र ठाउँका पर्यटकले आफ्नो इच्छा अनुसार पर्यटकीय प्रोडक्ट खोजिरहेका हुन्छन। तर, हामीले काठमाडौंका लागि किन सेन्टर हब बनाइरहेका छौं। के नेपालको पर्यटन गोल्डेन ट्र्यांगल मात्रै छ त? मैले अहिले आफै पनि पूर्व तथा पश्चिममा एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रयास गरिरहेको छु र सरकारलाई पनि भन्छु। यसले पनि नेपालमा पर्यटन आगमन बढाउन सहयोग गर्छ। यसका लागि लगानी आउने सम्भावना पनि छ।

(तस्बिर : निमेष जंग राई/नेपाल लाइभ)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार