पोखरा - चितवन राइनोजका अलराउन्डर सनी पटेल पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको 'प्लेयर अफ दि टुर्नामेन्ट' भएका छन्। चितवनलाई फाइनलसम्म पुर्याउन बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्।
_x000D__x000D_
उनले प्रतियोगितामा ७ इनिङमा १ अर्धशतकसहित १ सय ९४ रन जोडेका थिए। यस्तै उनले १० विकेट लिन सफल भए। बलिङमा बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका सनी बढी रन जोड्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे।
_x000D__x000D_
_x000D__x000D_
चितवन राइनोजकै तीव्र गतिका बलर करण केसी प्रतियोगिताको उत्कष्ट बलर घोषित भए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने क्रमा ७ इनिङमा १२ विकेट लिए।
_x000D__x000D_
यता हुलास काठमाडौं रोयल्यसका गौरव तोमार उत्कृष्ट ब्याट्सम्यान भए। २ अर्धशतक प्रहार गरेका तोमारले प्रतियोगितामा सबैभन्दा बढी ६ इनिङमा २ सय १२ रन जोडेका थिए।
_x000D__x000D_
प्लेयर अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर भएका तीनै जनालाई सुजुकी मोटरबाइक प्राप्त गरे।
_x000D__x000D_
फाइनलमा चितवन राइनोजलाई ३ विकेटले हराएर च्याम्पियन बनेको पोखरा पल्टनका तीव्र गतिका बलर रासिद खान इमर्जिङ खेलाडी भए। उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो। पोखराकै स्पिनर ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी भए। उनलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।